आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावलले अडान नछाडेपछि एमालेमा उथलपुथल !

भीम रावलले अडान नछाडेपछि एमालेमा उथलपुथल !

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३१ २०७८

  • 62.3K
    SHARES

  • भीम रावलले अडान नछाडेपछि एमालेमा उथलपुथल !

    काठमाडौं – नेकपा एमालेभित्र व्याप्त असन्तुष्टि अन्त्य भएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सहमति भएको चर्चाबीच प्रभावशाली नेता भीम रावलले राजनीतिमा कुनै फेरबदल भएको स्पष्ट पारेका छन् ।

    शुक्रवार संघीय संसद भवन नयाँवानेश्वरमा कोरोना विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता रावलले मुलुकको राजनीतिले दिशा परिर्वतन नगरेको बताए ।

    ‘हाम्रो देशको राजनीतिको जुन अवस्था छ, राजनीतिले दिशा परिर्वतन गरिसकेको अवस्था छैन । यद्यपि त्यसलाई राजनीतिक दलहरुको दृष्टिकोणबाट, आफ्ना आन्तरिक व्यवस्थापनको दृष्टिकोणबाट अलिकति स्थितिमा फेरबदल भएको मान्छेलाई लाग्नसक्छ तर त्यसमा मूलभूत फेरबदल भएर साँच्चिकै कोरोनाको महामारी छ, अरु जनताका समस्याहरू छन्, राजनीति त्यतातिर केन्द्रित भएर नेपालको संविधानले परिकल्पना गरेको सरह, हामी जनताले परिकल्पना गरेको कुरा, त्यतातर्फ कसरी जाने भन्नेमा अझै मिहिनत गर्नुपर्ने देखिन्छ,’ नेता रावलले भने ।

    पार्टीका अध्यक्षलाई असहयोग गर्न प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन प्रतिनिधि सभामा अनुपस्थित भएका माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले फेरि प्रधानमन्त्रीसँग सहमति गरी वैकल्पिक सरकार गठनमा असहयोग गरेपछि एमाले भित्रको संकट निवारण भएको भन्ने प्रश्नमा नेता रावलले अडान यथावत् नै रहेको बताए ।

    बिहीवार ओलीसँग नेपालले गरेको वार्तामा केही सकारात्मक कुरा भएपनि त्यसले आकार नलिइसकेको रावलले बताए । ‘हामी अहिले पनि कानूनी शासन मान्ने पद्धति अनुरूप देश, विभिन्न संगठनहरू विशेष गरी राजनीतिक दलहरू चल्नुपर्छ भन्ने मान्यता राख्ने भएको हुनाले नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र मार्गनिर्देशन बमोजिम केन्द्रीय कमिटी यथावत् रहनुपर्छ र अमिल्दा कुराहरू रद्द भएर पार्टी स्वाभाविक रूपमा अघि जानुपर्छ भन्ने मान्यतामा हामी कायमै छौं । यस सन्र्दभमा हिजो जे जति कुराहरू भए ती कुराहरूमा केही सकारात्मक कुराहरू अवश्य भएका छन् । त्यसले ठोस आकार ग्रहण गर्न अझै बाँकी नै छ,’ रावलले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend