आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालसँग सहमति हुने बित्तिकै केपी ओलीले भीम रावललाई दिए नयाँ जिम्मेवारी

माधव नेपालसँग सहमति हुने बित्तिकै केपी ओलीले भीम रावललाई दिए नयाँ जिम्मेवारी

  • मिडिया डबली
  • बिहिवार, बैशाख ३० २०७८

  • 381.1K
    SHARES

  • माधव नेपालसँग सहमति हुने बित्तिकै केपी ओलीले भीम रावललाई दिए नयाँ जिम्मेवारी

    काठमाडौं – सत्तारुढ नेकपा एमालेमा चर्किएको विवाद समाधानउन्मुख भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल मिलेर भीम रावलसहित ७ जना नेतालाई नयाँ जिम्मेवारी दिएका छन् ।

    विवाद मिलाउन ओली र नेपाल सहमत भएपछि सहमतिको खाका बनाउन भीम रावलसहित ९ नेतालाई जिम्मेवारी दिने सहमति भएको छ । विवाद समाधान कार्यदलमा तत्कालै ७ जना सदस्य नियुक्त गरिएका छन् भने २ जना पछि थपिने छन् ।

    नेता भीम रावल भने बिहीबार दिउँसोसम्म प्रधानमन्त्री ओलीलाई सिध्याउन राजीनामा दिनुपर्ने पक्षमा रहेका थिए । तर साँझ नेता नेपालसँग ओलीको सहमति भएलगत्तै रावलले नयाँ जिम्मेवारी पाएका हुन् ।

    विवाद समाधान कार्यदलमा अध्यक्ष ओली पक्षबाट अर्थमन्त्री विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्बाङ सदस्य रहेका छन् भने नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट सदस्य रहेका छन् । कार्यदलमा २ सदस्य पछि थप्ने सहमति भएको जनाइएको छ ।

    कार्यदलले अध्यक्ष ओली र नेपाल पक्षका अडानका विषयमा सहमतिको मिलनबिन्दु खोज्ने भएको छ । बुढानिलकण्ठको चपलीहाइटमा ४ घण्टाको छलफलपछि विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको नेता नेपालले जानकारी दिए ।

    ‘पार्टीका विवाद कार्यदलमार्फत् समाधान गर्ने सहमति भएको छ । बैठक सकारात्मक छ । राजीनामा २–४ दिनलाई स्थगित भएको छ,’ नेता नेपालले भने । 

    उनले वैशाख २७ गते ६ बुँदे माग राखेका थिए । सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिस्ट पार्टी एमालेको विधान, नियमावली, आचारसंहिता अनुरुप २०७५ जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात् जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत संगठनका सबै संरचनालाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउनुपर्ने, नवौं राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधानविपरीत  २०७७ फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरु खारेज गर्नुपर्ने माग नेपालले राखेका छन् ।

    पार्टीलाई विधान र पद्धतिअनुरूप सञ्चालन गर्नुपर्ने नेता नेपालको माग रहेको छ । पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरु तथा एकअर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवं समस्याबारे यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्नुपर्ने, सरकार र पार्टीबीचमा समन्वय र सु–सम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरि हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्नुपर्ने शर्त नेपाल पक्षले राखेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend