मंगलवार, बैशाख ७ २०७८Apr 20 2021

Logo
images
images
images
images

प्रचण्डको खुलासाले बालुवाटारमा खैलाबैला, लाग्यो गम्भीर आरोप !

प्रचण्डको खुलासाले बालुवाटारमा खैलाबैला, लाग्यो गम्भीर आरोप !

  • मिडिया डबली
  • बुधवार, चैत्र २५ २०७७

  • 11.6K
    SHARES

  • प्रचण्डको खुलासाले बालुवाटारमा खैलाबैला, लाग्यो गम्भीर आरोप !

    रुकुम पश्चिम - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई ०७० सालको निर्वाचनमा बम प्रहार गर्ने साथीहरूलाई गृहमन्त्री बनाएर ठूलो गल्ती गरेको खुलासा गरेका छन् ।

    रूकुम पश्चिम जिल्लामा मंगलबार आयोजित माओवादीको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आफूलाई गद्धार भन्ने र बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेको भन्दै पछुताए ।

    images
    images

    दाहालले आफूलाई कसले बम प्रहार गरेको नाम उल्लेख नगरे पनि गृहमन्त्री रामबहादुर थापामाथि उनको संकेत थियो । दाहालले पार्टी छाडेर गएका र पुनः फर्केकाहरूलाई आफूले माथिल्लो तहमा जिम्मेवारी दिनु गल्ती भएको पनि बताएका छन् ।

    ‘पार्टी विभाजन गरेर जानेलाई माथिल्लो तहमा जिम्मा दिएँ’, दाहालले भने, ‘मलाई गद्दार भन्नेहरू र ०७० सालको चुनावमा ममाथि बम प्रहार गर्ने साथीहरूलाई गृहमन्त्री बनाएँ । मैले गल्ती गरें । उनीहरू बिकाउ माल सावित भए ।’

    अध्यक्ष दाहालले आफू पुनः जनताका काखमा आइपुगेको बताएका छन् । दाहालले आफूलाई दुःखमा बचाउने नेता तथा कार्यकर्ता पछि परेकोमा आत्मआलोचना गरेका छन् । ‘म आत्मआलोचना गर्न आएको हुँ ।

    मलाई दुःखमा बचाउने र सहयोग गर्ने तथा अप्ठरो पर्दा प्रचण्ड भन्नेहरू ओझेलमा परेका छन्’, दाहालले भने, ‘जाली, फटाहले भाउ पाएजस्तो भयो ।’ ‘इमान्दार कार्यकर्तालाई पार्टी, नियुक्तिहरू र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा मैले गल्ती गरेँ’, माओवादीका अध्यक्ष दाहालले भनेका छन् । उनले भने, ‘शहीद परिवार ओझेलमा परेजस्तो भयो भने जनयुद्धमा त्याग गर्नेहरू पनि ओझेलमा परे । अब म त्यस्तो गर्दिनँ । हिजो युद्धमा लागेकालाई अगाडि बढाउने संकल्प गर्छु ।’

    उनले प्रतिक्रान्तिकारीहरूलाई खबरदार गर्न आफू जिल्ला आएको पनि बताएका छन् । ‘सिंहदरबारमा बस्ने प्रतिक्रान्तिहरूलाई खबरदार भन्न रूकुम पश्चिम आएको हुँ खबरदार,’ उनले भनेका छन् ।

    ‘प्रचण्ड कमजोर भयो । जनताको साथ छैन । संविधान र गणतन्त्र उल्टाइदिए हुन्छ भनेर केहीकेही मानिसले सोँचेका छन्’, उनले भने, ‘मसँग मेरो पार्टी छ नेता कार्यकर्ता छन् ।’ मसँग क्रान्तिकारी जनताको ऊर्जा शक्ति छ ।’

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०१:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology