काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १८ करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाएर पत्र लेखेका छन् ।
महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरण पत्रको जवाफ पठाउँदै नेता रावलले ओलीमाथि संगीन आरोप लगाएका छन् ।
‘तपाईंले बालुवाटारमा गुटको भेला गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधानविपरीत अलग केन्द्रीय कमिटी र मातहत कमिटीका साथै जनवर्गीय संगठनहरु बनाउने अवैधानिक काम गर्नुभएपछि तपाईंका त्यस्ता पार्टी विरोधी गतिविधिबाट पार्टीको हित सुरक्षा गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा), स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट भएका निर्णय अनुरूप सुदूरपश्चिम प्रदेश कमिटीका सचिव र कार्यालय सचिवले बैंक खाता सञ्चालनमा आफ्नो हस्ताक्षरको प्रयोग गरी पार्टीको कोष सुरक्षित गरेको कुरालाई मसँग गाँसेर ‘आर्थिक अनुशासनहीनता र पार्टी सम्पत्तिको हिनामिना गरेको’ भन्ने जस्तो झूटा र हाँस्यास्पद कुरा पत्रमा उल्लेख गर्न लगाएको देख्दा तपाईं जनमानसमा भ्रम छर्न कति उद्यत हुनुहुँदो रहेछ भन्ने कुराको पुष्टि हुन्न र ?’ नेता रावलले पत्रमार्फत सोधेका छन् ।
रावलले अगाडि लेखेका छन्, ‘यस्तो निकृष्ट प्रचार गरेर तपाईंले पार्टी एकीकरणपछि समेत केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड रुपैयाँ बढी रकमको दुरुपयोग गर्न आफूलाई सहज तुल्याउने अभ्यास गर्नुभएको मात्र हो किन नभन्ने ?’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।