आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावलले गरे केपी ओलीको साँठगाँठको पर्दाफास

भीम रावलले गरे केपी ओलीको साँठगाँठको पर्दाफास

  • मिडिया डबली
  • बुधवार, चैत्र ११ २०७७

  • 8.0K
    SHARES

  • भीम रावलले गरे केपी ओलीको साँठगाँठको पर्दाफास

    काठमाडौं – पार्टीभित्र चर्काे विवाद रहेका बेला नेकपा एमाले नेता भीम रावलले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी जोगाउन राष्ट्रहित प्रतिकूल हुने गरी विभिन्न शक्तिसँग साँठगाँठ गरिरहेको पर्दाफास गरेका छन् ।

    बुधबार सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी लेख्दै नेता रावलले ओलीको साँठगाँठविरुद्ध देशभक्त नेपालीलाई सजक हुन आह्वान गरेका छन् ।

    ‘प्रधानमन्त्री केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होऔं,’ रावलले लेखेका छन् ।

    प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सत्ता सहकार्यका लागि सम्झौता गरिरहेको चर्चाबीच नेता रावलको यस्तो धारणा आएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend