काठमाडौं - प्रधानमन्त्री केपी ओलीलाई नेपाली राजनीतिको चतुर खेलाडी त्यसै भनिएको छैन । आफ्नो खरो आलोचकलाई कि त भित्तामा पुर्याउने, कि त च्याप्ने उनको शैली छ ।
यसैक्रममा महिनौं लामो तिक्तता तोड्दै एमालेका नेताहरु छलफलमा जुटेका छन् । दोस्रो तहका नेताहरुको प्रयासमा पार्टी कार्यालय धुम्बाराहीमा नेताहरुबीच छलफल जारी छ । आजको छलफलले फुटको बाटोतिर लागेको एमालेलाई फेरि एकतातर्फ अघि बढाउने अपेक्षा कार्यकर्ताले गरेका छन् ।
छलफलमा केपी ओली तथा माधव नेपाल पक्षका दोस्रो तहका नेताहरुसमेत छन् । वरिष्ठ नेता झलनाथ खनाल भने देखिएका छैनन् ।
सबैभन्दा रोचक भने ओली र नेपालसँग छलफलको अंगपंक्तिमा उपाध्यक्ष भीम रावललाई राखिएको छ । नेता नेपालको छेउमा रावल तथा ओलीको छेउमा महासचिव ईश्वर पोखरेललाई राखिएको छ । जुन रावलका लागि सरप्राइज भएको छ । उनी ओलीका चर्का आलोचकमध्ये एक हुन् ।
ओलीले चाल्ने हरेक कदमको रावलले आपत्ति जनाउँदै आएका छन् । उनी ओलीको तिखो आलोचना गर्न कहिल्यै छाड्दैनन् । तर, पनि आजको महत्वपूर्ण छलफलमा रावललाई समान हैसियत दिनुले ओली निकै गलेको आभास एमालेजनले गरेका छन् ।
छलफलमा सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुषाल, रघुजी पन्तलगायत सहभागी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।