काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सोध्ने भए सर्वोच्च अदालत जान प्रचण्ड–नेपाल पक्षका नेता भीम रावललाई जवाफ फर्काएका छन् ।
आईतबारको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफू नेकपाको साधारण सदस्य समेत नरहेको जवाफ दिएका छन् ।
‘हिजो प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिराख्या थ्यो, मैले उहाँहरुलाई सोध्नु नपरोस् तपाईंहरु कुन पार्टीको ?’ ओलीले भने, ‘मलाई नेकपाको साधारण सदस्यबाट निकाल्या रे ! म साधारण सदस्य पनि होइन नेकपाको । अदालतले भन्यो नि त म कुन पार्टीको सदस्य हो, कुन पार्टीको अध्यक्ष हो ।’
नारी दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाऊँ रे ! सर्वोच्चमा सोध्न जानु कुन पार्टीको हो ।’
ओलीले आफूले हारे पनि सर्वोच्चको फैसलाको सम्मान गर्ने बताए । ‘एउटा फैसला गर्यो अदालतको जयजयकार, अर्को फैसला के गर्यो राजनीतिमा हात हाल्न पाइन्छ !’ प्रचण्ड–नेपाल पक्षप्रति लक्षित गर्दै ओलीले भने, ‘मैले त जुन पनि मुद्दा हारिराख्या छु, मान्या छु ।’
सर्वोच्च अदालतले हिजो आईतबार ऋषि कट्टेलको पार्टीलाई नेकपा नामको आधिकारिकता दिँदै पार्टी एकताअघिका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएको थियो । पुरानै पार्टी ब्युतिएपछि प्रचण्ड–नेपाल पक्षमा अन्योल छाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।