आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ओली र प्रचण्डको नेकपा सर्वाेच्च अदालतबाट खारेज, अब नयाँ संकट !

ओली र प्रचण्डको नेकपा सर्वाेच्च अदालतबाट खारेज, अब नयाँ संकट !

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २३ २०७७

  • 9.7K
    SHARES

  • ओली र प्रचण्डको नेकपा सर्वाेच्च अदालतबाट खारेज, अब नयाँ संकट !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिकताका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झगडा गरिरहेका बेला सर्वाेच्च अदालतले नेकपा नाम खारेज गरिदिएको छ ।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राख्ने निर्वाचन आयोगको निर्णय सर्वाेच्च अदालतले आईतबार फैसला सुनाउँदै खारेज गरेको हो ।

    न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आईतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

    निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता भइसकेको अवस्थामा २०७५ जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखी निर्वाचन आयोगमा निवेदक दिइएको थियो ।

    निर्वाचन आयोगले नेकपालाई मान्यता दिएपछि आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालत पुगेका थिए । सर्वाेच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गर्दै ओली र प्रचण्डको नेकपा नाम खारेज भएको छ ।
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend