आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अग्नि सापकोटाको हातमा पर्‍यो ओली विरुद्धको यस्तो पत्र, होला त कारवाही ?

अग्नि सापकोटाको हातमा पर्‍यो ओली विरुद्धको यस्तो पत्र, होला त कारवाही ?

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २० २०७७

  • 20.0K
    SHARES

  • अग्नि सापकोटाको हातमा पर्‍यो ओली विरुद्धको यस्तो पत्र, होला त कारवाही ?

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले पटक–पटक कारवाही गरिसकेकाले ओलीका गतिविधिलाई आधिकारिकता नदिन भन्दै सभामुख अग्नि सापकोटाको हातमा लिखित पत्र पुगेको छ ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद सचिवालयलाई पत्र लेखेर प्रधानमन्त्री ओलीले गरेका कामकारवाही र सिफारिसलाई मान्यता नदिन आग्रह गरेका छन् ।

    प्रचण्ड–नेपाल पक्षका सांसद देव गुरुङसहित केही सांसदहरू पत्र बोकेर संसद सचिवालय पुगेका थिए । 

    प्रचण्डले लेखेको पत्रमा पार्टीले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई दलको नेता र केन्द्रीय कमिटीबाट कारवाही गरेर हटाइसकेकाले ओलीले दलको नेताका हैसियतमा गरेका कुनै पनि कामकारवाही मान्य नभएको उल्लेख गरिएको स्रोतले जनाएको छ ।

    ‘ओली पार्टी सदस्य नै नरहेको अवस्थामा संसदीय दलको नेताको रुपमा रहन नसक्ने कुरातर्फ संसदीय दल र सम्बन्धित सबैमा ध्यान आकर्षित गराउन चाहन्छु,’ प्रचण्डले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

    प्रतिनिधिसभा विघटन भएपछि बहुमत केन्द्रीय कमिटीको बैठकले ओलीलाई कारवाही गरेर पार्टीबाट निष्कासन गरेको थियो । केही दिनअघि ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend