आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

प्रचण्डको पछि लाग्ने सबै सांसदमाथि कारवाहीको तयारी, नेकपाभित्र उथलपुथल !

प्रचण्डको पछि लाग्ने सबै सांसदमाथि कारवाहीको तयारी, नेकपाभित्र उथलपुथल !

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १७ २०७७

  • 5.6K
    SHARES

  • प्रचण्डको पछि लाग्ने सबै सांसदमाथि कारवाहीको तयारी, नेकपाभित्र उथलपुथल !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति दिनेले बदर पनि गरिदिन सक्ने तर्क गर्दै नेकपा प्रचण्ड–नेपाल पक्षमा लागेका केन्द्रीय सदस्यदेखि सांसदहरूलाई कारवाही गरिदिने धम्की दिएका छन् ।

    आफूविरुद्ध कुनै प्रस्ताव अगाडि बढेमा प्रचण्डको पछि लागेका सबै सांसदमाथि कारवाही गर्ने ओलीको तयारी रहेको छ ।

    सोमवार पोखरामा आयोजित आफू पक्षीय नेकपाको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हालसम्म आफूले देव गुरुङबाहेक कसैलाई नहटाएको भन्दै आवश्यक परे सबैलाई हटाइदिन सक्ने चेतावनी दिए ।

    ओलीले पार्टी एकताका क्रममा आफूले सबैलाई भागबण्डाको आधारमा नियुक्ति दिएकाले ती सबैलाई नियुक्ति गर्नेले हटाउन पनि सक्ने तर्क गरेका छन् ।

    आफूले अल्पमत र बहुमतको कुनै हिसाब नगरी पार्टी एकताका बेलामा प्रचण्ड–नेपाल पक्षलाई भाग दिएको दाबी ओलीले गरे । तर एकीकरण गरिसक्ने बित्तिकै प्रचण्डहरूले आफ्नो धन्दा सुरू गरेको ओलीको आरोप छ ।

    पार्टी कब्जा गर्ने, आन्दोलन बिगार्ने र देशमा कम्फर्टेबल सरकार बनाउन प्रचण्ड–नेपाल लागिपरेको भन्दै ओलीले उनीहरूले देश र जनताको लागि नभइ कसैको लागि कन्फर्टेबल हुने सरकार चाहेको स्मरण गराएका छन् ।

    प्रधानमन्त्री ओलीले आफूहरू सही बाटो हिँडेको दाबी समेत गरे । ओलीले आन्दोलनमा उतारचढाव हुने भन्दै साना–मसिना कुरामा नअल्झिई आफ्नो बाटोमा निरन्तर अघि बढ्नुपर्ने बताएका छन् ।

    कार्यक्रममा ओलीले नेकपाको प्रचण्ड–नेपाल पक्षको चर्को आलोचना गरेका छन् । ‘उनीहरूले भनिरहेका छन् केन्द्रीय कमिटीमा हाम्रो बहुमत छ, त्यो बहुमत त मैले नै दिएको बहुमत हो । कुनै चुनाव जितेर आएको कमिटी थियो र यो ?’ ओलीले भने, ‘पार्टीको एकताका लागि देश बनाउनका लागि दिएको । तर उनीहरू षड्यन्त्रपूर्ण ढंगले त्यतिबेला बार्गेनिङ गर्दै हुनुहुन्थ्यो, किन भनेको त पार्टी बिगार्ने र देश बिगार्नेको उद्देश्य पो रैछ ।’

    नेकपा प्रचण्ड–नेपाल पक्षले कारबाहीको जे जति तमासा गरे पनि आफू पार्टीमा आधिकारिक रहेको भन्दै विधिवत् रूपमा अध्यक्ष र संसदीय दलको नेता फेर्न समेत चुनौती दिएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend