आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

प्रचण्ड : नेपाली जनताका लागि ‘अनकम्फर्टेबल’ र भारतका लागि ‘कम्फर्टेबल’ !

प्रचण्ड : नेपाली जनताका लागि ‘अनकम्फर्टेबल’ र भारतका लागि ‘कम्फर्टेबल’ !

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १७ २०७७

  • 6.2K
    SHARES

  • प्रचण्ड : नेपाली जनताका लागि ‘अनकम्फर्टेबल’ र भारतका लागि ‘कम्फर्टेबल’ !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश र जनताका लागि अनकम्फर्टेबल र भारतका लागि कम्फर्टेबल रहेका तर्क गरेका छन् ।

    आईतबार हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले प्रचण्ड जनताका लागि अनकम्फर्टेबल रहेका बताए ।

    हालै पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेकपा अध्यक्ष प्रचण्डले आफ्नो पक्षसहित कांग्रेस र जसपाको संयुक्त सरकार निर्माण हुनु भारतका लागि कम्फर्टेबल हुने दाबी गरेका थिए ।

    ओलीले भने, ‘उहाँले के–के गर्नुभयो नेपाली जनतालाई । नरसंहार गर्नुभयो । उहाँ नेपाली जनताका लागि अनकम्फर्टेबल हो । अरुका लागि कम्फर्टेबल भनेर क्लेम गर्न लाग्नुभयो उहाँ ।’

    आफूले नक्सा जारी गरेर, भारतले अतिक्रमण गरेको भूमि आफ्नो हो भनेर नेपाली भूभाग डुबानमा पर्ने गरी बाँध नबनाउन भनेर भारतलाई अनकम्फर्टेबल हुने काम गरेको हुनसक्ने ओलीले बताए ।

    सिद्धिएका प्रचण्डलाई आफूले केही सिटमा ल्याइदिए पनि अलि धाक लगाएको ओलीले बताए । ‘सिद्धिएका प्रचण्डलाई मैले ५३ सिटमा पुर्‍याइदिएको छु । धाक लगाउने ?’

    जनतालाई नरभक्षी आन्दोलन गर्ने धम्की दिएर प्रचण्डले तर्साउन खोजेको आरोप समेत ओलीले लगाए । ‘ननभेज भनेको चिकेन चिल्ली खान्छु भन्या हो ? यो त नरभक्षी आन्दोलन गर्छु भनेको हो नि !’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend