शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

केपी ओलीले उपराष्ट्रपति पुनलाई सार्वजनिक मञ्चमै थर्काएपछि ...

केपी ओलीले उपराष्ट्रपति पुनलाई सार्वजनिक मञ्चमै थर्काएपछि ...

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १० २०७७

  • 4.7K
    SHARES

  • केपी ओलीले उपराष्ट्रपति पुनलाई सार्वजनिक मञ्चमै थर्काएपछि ...

    काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको दिन अपमानजनक व्यवहार गरेका छन् ।

    प्रजातन्त्र दिवस मनाउने क्रममा सहिद मञ्च टुँडिखेलमा पुगेका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री एउटै मञ्चमा थिए ।

    तर प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनप्रति सामान्य शिष्टाचार पनि पूरा नगरी अपमानजनक व्यवहार गरेका हुन् ।

    फागुन ७ गते टुँडिखेलमा प्रजातन्त्र दिवसको कार्यक्रम सकिएर राष्ट्रपति विद्यादेवी भण्डारी फर्केपछि प्रधानमन्त्री ओली र उपराष्ट्रपति पुनबीच केही कुराकानी भएको थियो । कुाराकानीका क्रममा ओलीले पुनलाई अपमानजनक व्यवहार गरेको स्रोतको दाबी छ ।

    प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुन बसेको आसननजिकै गएर सार्वजनिक रूपमै राजनीतिक भाषण गरेको भन्दै उनीप्रति असन्तुष्टि पोखेका थिए ।  

    उपराष्ट्रपति पुनले आफूले कुनै पनि प्रकारको राजनीतिक भाषण नगरेको र आवश्यक परे भाषणको विषयवस्तु नै पठाउन सक्ने बताए पनि ओलीले असन्तुष्टि व्यक्त गरेका थिए ।  

    ओलीले पुनसँग प्रतिवाद गर्न खोजेको हो त भनेर प्रश्न गरेका थिए । त्यसपछि उपराष्ट्रपति पुनले तपाईंचाहिँ संविधानविपरीत काम गर्दै हिँड्ने भनेपछि ओली आफ्नो आसनतिर गएका थिए । उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीबीचको संवाद सुनिरहेका सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले भने असजिलो महसूस गरेका थिए ।

    उपराष्ट्रपति पुनले पत्रकार महासंघको कार्यक्रममा देश अहिले राजनीतिक संकटको भुमरीमा रहेको बताएका थिए । ‘प्रतिनिधिसभा विघटन गरिएको छ । यसको विरोध र समर्थनमा प्रदर्शन भइरहेका छन् । नागरिकस्तरबाट गणतन्त्रको प्रस्ताव गर्ने पहिलो संस्था नेपाल पत्रकार महासंघको तर्फबाट तपाईंहरुले प्रतिनिधिसभा विघटन भएकै दिन यसलाई संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानको संवैधानिक व्यवस्थाविरुद्ध भन्नुभएको छ । पूर्व प्रधानन्यायाधीशहरू, पूर्व न्यायाधीशहरू, संविधानविद्हरु, नागरिक समाज, प्रायः राजनीतिक पार्टी, संघसंस्थाका साथै अधिकांश तपाईं पत्रकार मित्रहरुले पनि प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिरहनुभएको छ,’ उपराष्ट्रपति पुनले महासंघको कार्यक्रममा भनेका थिए ।

    उपराष्ट्रपति पुनको यही भनाइलाई लिएर प्रधानमन्त्री ओलीले विराटनगरमा भएको आमसभामा पनि असन्तुष्टि प्रकट गरेका थिए । सभालाई सम्बोधनका क्रममा ओलीले उपराष्ट्रपति पुन र सभामुख सापकोटाको चर्काे आलोचना गरेका थिए ।

    उपराष्ट्रपति र सभामुखलाई उनले सरकारविरुद्ध झगडियाको संज्ञा दिँदै आलोचना गरेका थिए ।

    मर्यादाक्रममा पनि प्रधानमन्त्रीभन्दा उपराष्ट्रपति माथि हुन्छन् । उनलाई ओलीले सम्मान गर्नुपर्ने ठाउँमा प्रजातन्त्र दिवसका अवसरमा अपमान मात्रै गरेनन्, शनिवार विराटनगरमा आफ्नो समूहबाट आयोजित सभामा पनि आलोचना गरे । यसबाट प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिको मर्यादा कायम राख्न नसकेको चर्चा राजनीतिक वृत्तमा चलेको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend