शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

सर्वाेच्च अदालतले फैसलाको तयारी गर्दैगर्दा केपी ओलीले के–के भने ?

सर्वाेच्च अदालतले फैसलाको तयारी गर्दैगर्दा केपी ओलीले के–के भने ?

  • मिडिया डबली
  • शनिवार, फाल्गुण ८ २०७७

  • 3.9K
    SHARES

  • सर्वाेच्च अदालतले फैसलाको तयारी गर्दैगर्दा केपी ओलीले के–के भने ?

    काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि बहस सकिएर फैसलाको तयारी हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले दबाब सिर्जना गर्न खोजेको आरोप लागेको छ ।

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार ट्वीट गर्दै अदालतमाथि दबाब सिर्जना गर्नु लोकतान्त्रिक चरित्र नभएको टिप्पणी गरेका छन् ।

    शनिबार विराटनगरमा भएको नेकपा ओली पक्षको जनसभामा प्रधानमन्त्री ओलीले के–के भने ? यसतर्फ सबैको चासो देखिएको छ ।

    ‘कथम्कदाचित पुनःस्थापना भए के गर्ने भन्दा अब बहुमतको सरकार रहेन । बहुमतको सरकार रहँदैन । त्यसो भएपछि विभिन्न गठजोड गर्नका लागि फेरि उही सांसद किनबेच, दलहरुका बीचमा मोलतोल, फेरि समीकरण, फेरि सरकार ढलाउ, फेरि सरकार बनाउ फेरि त्यै खेलमा आगामी डेढ–दुई वर्ष त्यसैमा समाप्त हुन्छ,’ उनले भने ।

    सर्वाेच्च अदालतबाट फैसला भएर संसद पुनःस्थापना भएपछि देखिने असरबारे बताउँदै ओलीले भने, ‘फेरि त्यो फोहोरी खेल, तमासामा लोकतन्त्र कमजोर हुन्छ । संविधानको सही कार्यान्वयन हुँदैन ।’

    यस्तो अवस्थामा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सदर गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । मुलुक ताजा जनादेशमा गइसकेको बताउँदै ओलीले कसैको दबाबमा नपरी सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सदर गर्नुपर्ने बताएका छन् ।

    ‘सम्मानित सर्वोच्च अदालतले कुनै हिसाबले, कसैका दबाबमा, कुनै अवाञ्छित या दबाबका दुष्प्रयासमा कुनै अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिँदैन । म भन्न चाहन्छु, हामी अब चुनावको तयारीमा छौं, चुनावतर्फ जाँदैछौं,’ उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेका यस्ता सभाहरुलाई हेरेको होला । यस्ता सभाहरुबाट प्रकट भएको जनताको अभिमत हेरिरहेको होला । संविधानको मर्म र भावना हेरेको होला । त्यसपछिका परिणतिहरु र मुलुक कता जान्छ भन्ने कुराको विश्लेषण गरेको होला । ‘कुनै प्रकारको षड्यन्त्र, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend