शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावपछि सभामुखमाथि निशाना, नेकपाभित्र खैलाबैला, कांग्रेसको साथ !

मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावपछि सभामुखमाथि निशाना, नेकपाभित्र खैलाबैला, कांग्रेसको साथ !

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ५ २०७७

  • 5.2K
    SHARES

  • मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावपछि सभामुखमाथि निशाना, नेकपाभित्र खैलाबैला, कांग्रेसको साथ !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावपछि अब सभामुख सानुकुमार श्रेष्ठमाथि निशाना प्रहार भएको छ ।

    दलहरूबीच भएको सहमति पालना नगरी सभामुख श्रेष्ठले प्रदेशसभा बैठक स्थगित गरेपछि नेकपा प्रचण्ड–नेपाल पक्षले सभामुखविरुद्ध उपसभामुखलाई विरोधपत्र दिएको छ ।

    हिजो मंगलवार साँझको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूले बुधवार दिउँसो २ बजे प्रदेश बैठक बोलाउन सुझाव दिएका हुन् । प्रदेश सभामा रहेका दलहरू बैठकका लागि तयार भएपछि सभामुख श्रेष्ठले बैठक बोलाएका थिए ।

    सभामुख श्रेष्ठले बिहान ६ बजे नै सूचना टाँसेर बैठक स्थगित भएको जानकारी दिएका थिए । ‘दलहरूबीच सहमति हुँदा पनि माथिको आदेशमा सभामुखले बैठक अनिश्चितकालका लागि स्थगित गर्नुभयो । यसमा हाम्रो आपत्ति छ,’ प्रचण्ड–माधव पक्षकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले आरोप लगाइन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभा बैठक लगातार स्थगित हुँदै आएको छ । नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीको इशारामा सभामुख श्रेष्ठले बैठक स्थगित गरेको आरोप लगाएको छ ।

    संघीयताको भावना र संविधान विपरीत प्रदेशका सभामुख श्रेष्ठ संघीय सरकारको आदेशपालक बनेको आरोप लगाउँदै प्रचण्ड–नेपाल पक्षले उपसभामुख राधिका तामाङलाई विरोधपत्र हस्तान्तरण गरेको छ ।

    तत्काल प्रदेशसभा बैठक बोलाउनुपर्ने र कार्यव्यवस्था परामर्श समितिमा जुट्ने सहमतिका आधारमा प्रदेशसभा बैठक चलाउनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि लगातार बैठक छल्ने प्रयास भएकोमा आपत्ति जनाइएको छ ।

    सूचना टाँसेर प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएपछि नेपाली कांग्रेस र विवेकशील साझा पार्टीले समेत विरोध जनाएका छन् । सभामुख श्रेष्ठको कार्यशैलीप्रति नेकपा प्रचण्ड–नेपाल पक्ष, कांग्रेस र विवेकशील गरी ३ दलले असन्तुष्टि जनाएका छन् ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै नेकपा विभाजित भएपछि मुख्यमन्त्री पौडेलविरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षका ४५ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको पक्षमा थप ४ जनाको सहमति रहेको प्रचण्ड–नेपाल पक्षले दावी गरेको छ । सभामुख श्रेष्ठले अनेक बहाना गर्दै अविश्वास प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिरहेका छैनन् ।

    अविश्वासको प्रस्तावसँगै नयाँ मुख्यमन्त्री चयन गर्न ५६ सांसदको समर्थन चाहिन्छ । प्रदेश सभाका ११० मध्ये नेकपा एक्लैसँग ८० जना सांसद रहेका थिए । पार्टी विभाजनपछि सांसद अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

    प्रदेशमा नयाँ मुख्यमन्त्री चयन गर्न कांग्रेससँग गठबन्धन आवश्यक रहेको छ । कांग्रेससँग २२ जना प्रदेश सांसद रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:०५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend