आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images

चिनियाँ लगानीमा दमकमा निर्माणाधीन क्लिन पार्कका पीडितको न्यायका लागि लिम्बुवानले प्रर्दशन गर्दै

चिनियाँ लगानीमा दमकमा निर्माणाधीन क्लिन पार्कका पीडितको न्यायका लागि लिम्बुवानले प्रर्दशन गर्दै

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ५ २०७७

  • 4.3K
    SHARES

  • चिनियाँ लगानीमा दमकमा निर्माणाधीन क्लिन पार्कका पीडितको न्यायका लागि लिम्बुवानले प्रर्दशन गर्दै

    काठमाडौँ- चिनियाँ लगानीमा दमकमा निर्माणाधीन अवस्थामा रहेको क्लिन पार्कका पीडितलाई न्यायोचित सम्बोधन गर्नुपर्ने र उनीहरुको रोजगारको ग्यारेन्टी गर्नुपर्ने संघीय लिम्बुवान मञ्च नेपालले माग गरेको छ ।

    मंगलबार प्रेस विज्ञप्ति सार्बजनिक गर्दै छ बुँदे माग अगाडि सारेको हो । झापाको गौरादह र दमक नगरपालिका जोडिएको हजारौं विगाह जमिनमा बन्न लागेको क्लिन पार्क पीडितहरुले न्यायोचित मुआब्जा प्राप्त नगरेको भन्दै मञ्चले तत्काल वैज्ञानिक ढंगले पीडितहरुको मुआब्जा वितरण गर्न माग गरेको छ ।

    संघीय लिम्बुवान मञ्च नेपालका उपमहासचिव तथा सञ्चार प्रमुख दिलकुमार लावतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पीडितहरुलाई न्यायोचित सम्बोधन गर्दै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ ।

    मञ्चले वर्तमान सरकारको असंवैधानिक एवम् अलोकतान्त्रिक कदमको विरोध गर्दै देशको विद्यमान राजनीतिक समस्यालाई तत्काल समाधान गर्न विगठित प्रतिनिधि सभा पुनस्र्थापना गर्न माग गरेको छ ।

    साथै प्रदेश न. १ को नामाकरण लिम्बुवान, खम्बुवान/किरात घोषणा गर्न माग गरेको छ । साथै शक्तिशाली सर्वजातीय सभा गठन गर्न समेत मञ्चले विज्ञप्ति मार्फत माग गरेको हो ।

    आदिवासी जनजातिहरुको आइएलओ १६९ प्रत्याभूत गरेको जल, जंगल र जमिन माथिको हस्तक्षेप तत्काल बन्द गर्न समेत विज्ञप्ति मार्फत माग गरेको छ ।

    यसैबीच संघीय लिम्बुवान मञ्च नेपालले बुधबार गौरादह बजारमा जनप्रदर्शन गर्ने भएको छ । सभालाई मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक) लगायतका नेताहरुले सम्बोधन गर्ने जानकारी दिइएको छ ।

    dil kumari laawati.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend