चीनमा यस वर्ष धान भित्र्याउने समय हुँदै थियो । तर, बाढीले गर्दा सबै सखाप बनाएको छ । दक्षिणी चीनको पोयाङ तालमा पानी अत्यधिक हुँदा आएको बाढीले ३६ एकडको जमिनमा रहेको धानबाली बगाएको छ ।
"यस वर्षको खेतीबाली सबै बगायो," स्थानीय किसा बाओले भने,"धान पाकिसकेको थियो र भित्र्याउने तयारीमा जुट्दै थियौं । तर, बाढीले केही बाँकी राखेन ।"
यस वर्षको बाढीले करिब उनको २८ हजार अमेरिकी डलर अर्थात २ लाख युआन बराबरको क्षति गरेको छ ।
जियाङसी प्रान्तमा गत महिना पोयाङ तालमा अत्यधिक पानीको बहाव भएपछि हजारौं यकडको धानबाली बगाएको हो । मुलुकको ७० प्रतिशत धान उत्पादन हुने क्षेत्रमा आएको भिषण बाढीले निकै ठूलो क्षति गरेको छ ।
वर्षासँगै आएको बाढीले धानबाली मात्र बगाएन यस वर्ष उक्त भूमिमा केही उब्जनी नहुने गरी जमिन बगरमा परिणत भएको छ । "जमिनमा अहिले पनि पानी बगिरहेको छ,"बाओले भने, "यस वर्ष यस जमिनमा केही पनि उब्जनी हुनसक्दैन ।"
चिनियाँ विपद् व्यवस्थापन मन्त्रालयले २१ बिलियन अमेरिकी डलर बराबरको क्षति भएको विवरण सार्वजनिक गरेको छ । बाढीले खेतबारीसँगै सडक र अन्य भौतिक पूर्वाधारहरुमासमेत क्षति पुर्याएको छ ।
यस वर्षको बाढीले करिब ५५ मिलियन किसानहरु प्रभावित भएका छन् । कोरोना भाइरसको महामारीले तहसनहस भएको विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा यस वर्षको बाढीले ठूलो क्षति पुर्याएको हो ।
उक्त क्षेत्रमा धानबाली बगाएपछि यस वर्ष खाध्यान्नको मूल्य निकै बढ्नेमा किसानहरु चिन्तित बनेका छन् । उनीहरुले भोकमरीको स्थिति आउनसक्नेसमेत बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।