जापानको टोकयोस्थित चिनियाँ दूतावासअघि व्यापक विरोध प्रदर्शन भएको छ । चीनले आफ्नो भाषा र संस्कृतिमा दमन गरेको भन्दै जापानका मङोलियन समुदाय र जापानी अधिकारकर्मीहरूले चिनियाँ दूतावासअघि प्रदर्शन गरेका हुन् ।
चीन मंगोलियामाथि दमनको नीति लिएको र मंगोलियाको भाषा र संस्कृतिमाथि प्रहार गरिरहेको विरोधमा मंगोलियनहरु लामो समयदेखि चीनको आलोचना गरिरहेका थिए ।
पछिल्लो समय चीनले मंगोलियन भाषामा पठनपाठन गर्न नपाइने बताएपछि मंगोलियनहरु आक्रोशित बनेका हुन् । उत्तरी चीनमा मंगोलियाली भाषाको शिक्षामाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध मंगोलहरुले साताको शुरुवातदेखि नै विरोध गर्दै आएका थिए ।
मंगलवारदेखि नयाँ शैक्षिक सत्र शुरु भए पनि अभिभावकरुले उक्त नीतिको विरोधस्वरुप बच्चाहरुलाई विद्यालय भर्ना गरेका थिएनन् । चीन सरकारले जारी गरेको नियम अन्तर्गत भित्रि मंगोलियामा तीन विषयमा अनिवार्य चिनियाँ औपचारिक भाषा मेन्डारिनमा पढाउनु पर्ने बताइएको थियो ।
मंगोलियनहरू यो कदमलाई तिनीहरूको सांस्कृतिक पहिचानको लागि खतरा भएको बताएका थिए । चिन सरककारले परिवर्तन गरेको यस नियमको विरोधमा विद्यार्थी र अभिभावकको ठूलो संख्यामा उपस्थित भएका थिए ।
साताको सुरुवातबाट विभिन्न सहरहरुमा सरकारविरुद्धका प्रदर्शनहरु सुरु भएका छन् । ‘हाम्रो भाषा मंगोलियाई हो, र हाम्रो मातृभूमि सदाको लागि मंगोलिया हो ! हाम्रो मातृभाषा मंगोलियाई हो, र हामी आफ्नो मातृभाषाको लागि मर्नेछौँ !’ हालसालै भएको एउटा विरोध प्रदर्शनमा विद्यार्थीहरूले अमेरिकी सरकारले वित्त पोषित ब्रोडकास्टर रेडियो फ्री एशियासँग भने ।
सिन्जियाङमा मानवअधिकारको चरम उल्लंघन गरेको चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानून लागु गरेर हङकङको स्वायत्ततामा प्रहार गरेको छ । अहिले पछिल्लो समय मंगोलियाको भाषा र संस्कृतिमा प्रहार गरिरहेको चीनले भारतसँग पनि सीमा समस्या सिर्जना गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।