सिड्नी - अन्य मुलुकहरुलाई नियन्त्रणमा लिने वर्षौंदेखिको आक्रामक नीति लिएको चीन पछिल्लो समय भने 'अपिजर' बनेको छ ।
संयुक्त राष्ट्र अमेरिकाले टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न आदेश दिएपछि चीन आफ्नो अनुहार लुकाउन खोजिरहेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने, "यसले दुई मुलुकको सम्बन्धमा गम्भीर क्षति पुर्याउछ । यसले चीन र अमेरिकाका मानिसहरुबीचको सम्बन्धलाई पनि कमजोर बनाउँछ ।"
अमेरिकाले चीनलाई ७२ घण्टाको अल्टिमेटम दिएको थियो । मुलुकभित्र निकै साहसी दिने भीनले पछिल्लो समय अमेरिकाले लगाउने आरोपहरुको प्रतकार दिने अथवा जवाफ दिने काम पनि रोकेको छ ।
चीनले पछिल्लो समय चीनको चेङ्दुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गराएको छ भने वुहानस्थित अमेरिकी मिसनलाई समेत निकाला गरिएको छ ।
चीनले अमेरिकाविरुद्ध मध्यमार्गी विकल्प अंगालेर चेङ्दुको वाणिज्य दूतावासमा बन्द गराएको हो ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले भने, "चिनियाँ कम्युनिस्ट पार्टीलाई वास्तवमै परिवर्तन गर्न उनीहरुको नेताको जस्तै व्यवहार गर्नपर्छ ।" अमेरिकाले चीनलाई काउन्टर दिन नयाँ एलाइन्सको लागि आह्वानसमेत गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।