काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको शासनकालमा फेरि खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढेको छ ।
बुधवार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
बढेको मूल्यसँगै अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल/मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।
एलपी ग्यासको मूल्य बढेर प्रतिसिलिन्डर १ हजार ४०० रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको छ ।
हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् ।
निगमलाई अझै पेट्रोलमा प्रतिलिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जानकारी दिएको छ ।
स्थिरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने उपाध्यायले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।