काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अन्तर्गतको प्रहरीले आन्दोलनरत नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनका एसपीको आकस्मिक सरुवा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनमा प्रमुखको जिम्मेवारीमा रहेका प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा गरिएको छ ।
गुरुङको ठाउँमा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका एसपी ओमप्रसाद अधिकारीलाई सरुवा गरेर जिल्ला प्रहरी प्रमुख बनाइएको छ ।
जिल्ला प्रहरी प्रमुखको सरुवामा प्रचण्डले चासो राख्दै आए पनि यसपालि ओली र प्रचण्डबीच दूरी बढेका बेला एसपीको आकस्मिक सरुवा गरिएको छ ।
यस्तो छ सरुवा सूची –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।