शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

केपी ओली पशुपति मन्दिर गएकोमा प्रचण्डको आपत्ति, ‘केपीजी हिन्दू महासंघको अध्यक्ष हो ?’

केपी ओली पशुपति मन्दिर गएकोमा प्रचण्डको आपत्ति, ‘केपीजी हिन्दू महासंघको अध्यक्ष हो ?’

  • मिडिया डबली
  • मंगलवार, माघ २७ २०७७

  • 5.0K
    SHARES

  • केपी ओली पशुपति मन्दिर गएकोमा प्रचण्डको आपत्ति, ‘केपीजी हिन्दू महासंघको अध्यक्ष हो ?’

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली हालै पशुपतिनाथको मन्दिर गएकोमा आपत्ति जनाएका छन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आवद्ध पत्रकारसँग मंगलवार अन्तर्क्रिया गर्दै प्रचण्डले सोधे, ‘ओलीजी हिन्दू महासंघको अध्यक्ष हुन् कि कम्युनिस्ट पार्टीको अध्यक्ष ?’

    ‘विगतदेखि नै उहाँको सम्बन्ध, हिमचिम देखिएको छ । उहाँले पशुपतिमा गएर दीप प्रज्वलन गर्ने, ३० करोड हाताहाती जस्तो दिएर जलप लगाउने कुराले के गर्न खोज्नु भएको भन्ने उहाँले नै प्रश्न उठाउनुभएको छ । मेरो निर्वाचन क्षेत्र चितवनमा राम मन्दिर र अयोध्याको कुरा गर्नुभएको छ,’ प्रचण्डले भने, ‘मेरो क्षेत्रमा गएर राम मन्दिर र अयोध्याबारे प्रचण्डले बोलेन भनेर आरोप लगाउनुभएको छ । यो सबैले मान्छेको मनमा प्रश्न उठेकै छन् नि ! नेपाली जनताले प्रश्न उठाएका छन् । केपीजी भनेको के हो ? उहाँ कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दू महासंघको अध्यक्ष हो ?’

    प्रधानमन्त्री ओलीले राज्यको तर्फबाट पुरातात्विक अन्वेषण गर्न पहल नगरेर स्टन्ड दिने कोसिस मात्रै गरेको प्रचण्डको आरोप छ । ‘मेरो चुनौती केपीजीलाई के छ भने उहाँ पुरातात्विक अन्वेषण गर्ने, प्रमाणित गर्ने र त्यसको निम्ति राज्यको तर्फबाट पहल गर्नेमा उहाँले सिन्को भाँच्नुभएको छैन,’ प्रचण्डले भने, ‘स्टन्ट दिने कोसिस गरेको मात्रै हाम्रो आपत्ति हो ।’

    अदालत र निर्वाचन आयोगमा सेटिङ छ भनेर ओलीका मान्छेले भ्रम फिजाए पनि आफूहरूले सेटिङमा विश्वास नगर्ने प्रचण्डको दाबी छ । संवैधानिक अंगले संविधान र कानून बमोजिम नै फैसला गर्ने विश्वास रहेको प्रचण्डले बताएका छन् ।

    ‘जसरी बजारमा आम रूपमा चर्चा चल्ने गरेको छ सेटिङ भन्ने । यो कुरा प्रधानमन्त्रीसँग सम्बन्धित मान्छेहरूले तलतलसम्म पुर्‍याएका छन् कि यो सेटिङमा गरिएको त्यसकारण हाम्रै अनुसार फैसला हुन्छ । सर्वोच्च र निर्वाचन आयोगले पनि हाम्रै अनुसार गर्छ भनेर व्यापक रूपमा प्रचार भएको छ । त्यस्तो हुन सक्दैन । सर्वोच्च अदालत र आयोग स्वतन्त्र ढंगले काम गर्न सक्छन् । हामीलाई सर्वोच्च अदालत र निर्वाचन आयोगप्रति विश्वास छ । सेटिङमा विश्वास छैन,’ प्रचण्डले भनेका छन् ।

    प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउने कोसिस भइरहेको प्रचण्डले बताएका छन् ।

    ‘अन्तर्राष्ट्रिय समर्थन जुटाउन हाम्रो अलग–अलग कुरा भइराखेको छ । भारत, चीन, अमेरिका, युरोपियनसँग पनि कुरा भइराखेको छ,’ उनले भने, ‘हामीले सार्वजनिक अपिल पनि गरेका छौं । नेपालमा लोकतन्त्रको हत्या भइरहेको छ । लोकतन्त्रका पक्षमा नेपाली जनतलाई समर्थन चाहियो भनेर औपचारिक अपिल गरेका छौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend