शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रचण्डको पछि लागेका यी संयोजक बर्खास्त, ओली पक्षभित्र मारामार !

प्रचण्डको पछि लागेका यी संयोजक बर्खास्त, ओली पक्षभित्र मारामार !

  • मिडिया डबली
  • आइतवार, माघ २५ २०७७

  • 6.9K
    SHARES

  • प्रचण्डको पछि लागेका यी संयोजक बर्खास्त, ओली पक्षभित्र मारामार !

    काठमाडौं – प्रतिनिधिसभा विघटनसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षीय नेकपामा लागेका राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई नेकपा ओली पक्षले बर्खास्त गरेको छ ।

    ललितपुर जिल्लाको च्यासलमा जारी ओली पक्षीय संघको बैठकले दीपशिखालाई संंयोजकबाट हटाउने निर्णय गरेको छ ।

    प्रचण्ड–नेपाल पक्षमा लागेका संयोजकलाई हटाउन सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले दीपशिखालाई कारवाही गर्ने निर्णय गरेपनि बैठक जारी छ ।

    दीपशिखालाई संयोजकबाट हटाइएपनि नयाँ संयोजक चयनमा सहमति जुट्न सकेको छैन । संघभित्र किरण पौडेल, बचन सिंह र प्रभातविक्रम कटवालले पनि नेतृत्वमा दाबी गरेपछि नयाँ नेतृत्व चयनमा विवाद देखिएको छ । संयोजकको पदमा पुग्न ओली पक्षभित्रै मारामार देखिएको छ ।

    ‘संयोजकबाट दीपशिखालाई हटाइएको छ । तर कसको नेतृत्वमा नयाँ संगठन बनाउने भन्ने छलफल भइरहेको छ,’ आकांक्षी कटवालले भने । नेतृत्वमा सहमति जुट्न नसके पदाधिकारी बनाउने मोडेलमा जानेबारे समेत छलफल भइरहेको छ ।

    यसअघि ओली पक्षले प्रेस संगठन नेपालको नेतृत्वबाट महेश्वर दाहाल समेत हटाएको थियो । विद्यार्थी संगठनमा ओली पक्षकै संयोजक भएकाले नयाँ नेतृत्व चयन भएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend