शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रचण्डको देशव्यापी आमहड्तालमा के बन्द, के खुला ? पढ्नुहोस् विज्ञप्तिको पूर्णपाठ 

प्रचण्डको देशव्यापी आमहड्तालमा के बन्द, के खुला ? पढ्नुहोस् विज्ञप्तिको पूर्णपाठ 

  • मिडिया डबली
  • बुधवार, माघ २१ २०७७

  • 5.9K
    SHARES

  • प्रचण्डको देशव्यापी आमहड्तालमा के बन्द, के खुला ? पढ्नुहोस् विज्ञप्तिको पूर्णपाठ 

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक निकायमा बलमिच्याइँ गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल पक्षले भोलि बिहीवार देशभर आमहड्ताल गर्ने भएको छ ।

    ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा नियुक्त गरेकी छन् ।

    सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानूनी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल पक्षले आकस्मिक रूपमा भोलि बिहीवार देशव्यापी आमहड्ताल घोषणा गरेको छ ।

    बुधवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायमा गरिएको नियुक्ति बलमिच्याइँ र निरंकुशतन्त्रको पराकाष्ट भएको बताएका छन् ।

    नियुक्तिको विरोधमा आमहड्ताल गर्नु बाध्यता भएको भन्दै श्रेष्ठले भने, ‘केही असहज स्थिति हुनेछ, यसका निम्ति पार्टीको तर्फबाट क्षमायाचना गरेका छौं ।’

    संविधान र लोकतन्त्रको रक्षाका लागि हड्तालको स्वरूपको संघर्ष गर्नुपर्ने अवस्था आएको श्रेष्ठले बताएका छन् ।

    हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने समेत संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् । परीक्षा दिन जाने विद्यार्थीले प्रवेशपत्र देखाएर आफ्नो सवारीसाधन ल्याउन पाउने संघर्ष समितिले जानकारी दिएको छ ।

    संयोजक श्रेष्ठले माघ २८ गते काठमाडौंमा जनसभा गर्ने कार्यक्रम यथावत नै राखिएको बताएका छन् ।

    यस्तो छ प्रेस विज्ञप्तिको पूर्णपाठ – 

    1.jpg

    2.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend