मंगलवार, फाल्गुण २५ २०७७Mar 09 2021

Logo
images
images
images
images
राजनीतिक विशेष

जेलबाट छुटेका ओलीले गिरिजाप्रसादलाई भेट्दा हरदम सोकेसमा आँखा दौडाएपछि धेरै असहज भयो 

जेलबाट छुटेका ओलीले गिरिजाप्रसादलाई भेट्दा हरदम सोकेसमा आँखा दौडाएपछि धेरै असहज भयो 

  • मिडिया डबली
  • शुक्रवार, माघ १६ २०७७

  • 20.7K
    SHARES

  • जेलबाट छुटेका ओलीले गिरिजाप्रसादलाई भेट्दा हरदम सोकेसमा आँखा दौडाएपछि धेरै असहज भयो 

    टंक कार्की, पूर्वराजदूत 

    जेलबाट छुटेपछि एकदिन केपी ओलीले गिरिजाप्रसाद कोइराला भेट्ने इच्छा जाहेर गरे । मैले भेटको चाँजोपाँजो मिलाएँ । उm बेला गिरिजाबाबु चावहिल, मित्रपार्कमा बस्थे ।

    images
    images

    समयमै हामी उनको निवासमा पुग्यौं । भुइँतलाको बैठक कक्षमा एकछिन हामीले कुर्नुपर्यो । अलिक एकछिनमा गिरिजाबाबु चिटिच्याट्ट परेर, दौरासुरुवाल, कालोटोपी र टल्कने कालै जुत्तामा बैठक कक्षमा उपस्थित भए ।

    उनको तुलनामा हामी अलिक ल्याङ्गफ़्याङ्गे थियौं । ओलीजी दुब्लो पातलो, शर्ट र खुझ्मुझिएको पैन्ट, उसमाथि पेटी नलगाको, फ़्याटफ़्याटे स्यान्डलमा । म कुन चाहिँ गतिलो थें र ? सायद अरुले उतिखेर हाम्रो लवाईखुवाईबारे कम्युनिष्ट यस्तै हुन्छन् भन्ने मान्यता राख्थे क्यारे ।

    हामीले शिष्टाचारमा नमस्कार साटासाट गर्यौं । गिरिजाबाबु टेवलको उसपार भित्तापट्टि कुर्सीमा, हामी टेबलको बगलमा रहेको कुर्सीमा । उसदिनको वार्ताको विषयवस्तु उस्तो चासोको कुरा भएन ।

    ओलीजीको प्रस्तुतिको हाउभाउ (बडी ल्याङ्गवेज) ले भने मलाई कम असहज महसुस भएन । गिरिजाबाबु जिज्ञासु र एकाग्र देखिन्थे । यता, ओलीजी झट्ट हेर्दा उनलाई वेवास्ता गरे (मिनिमाइज) जस्तो, उनका आँखा भित्तामा सजाईएका शोकेसको वस्तुमा घरि यता घरि उता टोल्याइरहेका, अनि बीचबीचमा फ्याट्टफ्याट्ट जवाफ दिने । बीचबीचमा म रफ्फु भर्थें ।

    सायद गिरिजाले उति राम्रो नमानेका पनि हुन सक्छन् । हुन त यो एजेण्डामा भेटभन्दा पनि शिष्टाचार भेट मात्रै थियो । तैपनि, हामी त्यहाँबाट बिदावारी भयौं । मलाई पटक्कै चित्त बुझेको थिएन ।

    बाहिर निस्कना साथै मैले ओलीजीलाई कसिहालें, ‘होइन आज तपाईले के गर्नु भाको ? वार्ता त आमनेसामने हेराहेर गरेर पो हुन्छ त, वास्तै नगरे जस्तो, वरपर चारतिर आँखा डुलार पनि वार्ता हुन्छ त ? गिरिजाबाबुले के फिल गरे होलान् ?’ उनले बडो मार्मिक जवाफ दिए, ‘शोकेशमा दौडिएका आफ्ना नजरलाई सम्झिदै ।

    जेलमा लामो समयसम्म बस्नेको एउटा समस्या हुँदो रैछ, हामीले त त्यस्ता नयाँनयाँ चीज देखेकै हुन्न नि, आँखा त त्यता गइहाल्दा रछन् ।’ म झसङ्ग भएँ र चित्त बुझाएँ । आफ्नै धुन, आफ्नै संसार ।

    –फेसबुकबाट

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology