शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

‘प्रधानमन्त्रीसँग अर्कै संविधान छ ?’

‘प्रधानमन्त्रीसँग अर्कै संविधान छ ?’

  • मिडिया डबली
  • मंगलवार, माघ १३ २०७७

  • 3.6K
    SHARES

  • ‘प्रधानमन्त्रीसँग अर्कै संविधान छ ?’

    काठमाडौं – प्रतिनिधिसभा संसद विघटनविरुद्ध परेको रिटमाथि नवौं दिनको बहस नसकिएपछि मंगलवारका लागि ‘हेर्दाहेर्दै’ राखिएको छ ।

    सोमबार भएको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापा र मेघराज पोखरेलले बहस गरेका छन् ।

    सोमवार भएको बहसमा अधिवक्ता मेघराज पोखरेलले गरेको बहसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न किन नपाउने भनी पुनः प्रश्न दोहोर्‍याएका छन् ।

    प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने भन्दै अधिवक्ता पोखरेलले आफ्नो भनाइ इजलासमा राखेका छन् । त्यसपछि प्रधानन्यायाधीश राणाले प्रश्न गरे, ‘संविधानको धारा ७६ को उपधारा (१) अनुसार बनेको प्रधानमन्त्रीले सोही धाराको अन्य उपधारामा जान मिल्छ कि मिल्दैन ?’

    त्यसपछि अधिवक्ता पोखरेलले स्थायित्वका लागि विगतमा भएका विघटनको अधिकार वर्तमान संविधानबाट झिकिएको बताएका छन् ।

    अविश्वासको प्रस्ताव पनि दुई वर्षसम्म राख्न नपाउने व्यवस्था गरिएको उल्लेख गर्दै पोखरेलले चलाउन सके ५ वर्ष चलाउने, नसके पदबाट हट्नुपर्ने तर्क गरे । ‘प्रधानमन्त्रीले सरकार चलाउँदिनँ भने राजीनामा दिने हो । तर प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार छैन,’ उनले भने ।

    वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पढ्ने संविधान फरक हो भनी इजलासमा प्रश्न गरे । वरिष्ठ अधिवक्ता थापाले रिट निवेदक देव गुरुङका तर्फबाट बहस गर्दै सबैले अध्ययन गर्ने संविधान एउटै भएको र पदमा हुँदा एउटा र बाहिर हुँदा अर्को हुन नसक्ने दाबी गरेका छन् ।

    ‘संविधानले चिनेको संवैधानिक इजलास भएकाले प्रधानमन्त्री र राष्ट्रपतिले गरेको कामबारे बहस हुँदै छ,’ थापाले भने, ‘प्रधानमन्त्रीसँग अर्कै संविधान छ भने अर्कै कुरा ! नत्र श्रीमान्हरुले इजलासबाट पनि संविधान पल्टाउनुभएको छ । पदमा नहुँदा अर्कै हुने र अहिले अर्का संविधान हुँदैन होला ।’

    थापाले संविधानसभा अध्यक्ष सुवास नेम्बाङ र महान्यायाधिवक्ता खरेलमाथि पनि व्यंग्यात्मक टिप्पणी गरेका थिए । पहिला प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्ने तिनै व्यक्ति अहिले विघटनको समर्थनमा रहेकामा आपत्ति जनाएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend