बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

Logo
images
images
images
images

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अख्तियार प्रमुख !

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अख्तियार प्रमुख !

  • मिडिया डबली
  • आइतवार, माघ ११ २०७७

  • 53.3K
    SHARES

  • परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अख्तियार प्रमुख !

    काठमाडौं - शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप संविधानमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको छुट्टाछुट्टै व्यवस्था गरिएको छ । सोहीअनुसार राज्यका हरेक निकाय खडा भएका छन् । त्यसमा संवैधानिक अंग र आयोगको पनि व्यवस्था गरिएको छ ।

    संवैधानिक अंग र निकायमा सरकारको प्रत्यक्ष हस्तक्षेप हुनु हुन्न भन्ने मान्यता छ । सरकारले गरेका काममा कहीँ गल्ती र कमजोर भएका छन्, भ्रष्टाचार र आर्थिक हिनामिना भएको छ वा अन्य कुशासन भएको छ भन्ने कुरा अख्तियार, मानवअधिकार आयोगले अध्ययन र अनुसन्धान गर्छ । र, कारबाहीका लागि सरकारलाई सिफारिस गर्छ । 

    images
    images

    तर, केपी ओली प्रधानमन्त्री भएपछि राज्यका सबै संवैधानिक अंग र निकायमाथि हस्तक्षेप गरिएको छ । आफू अनुकूल चलाइएको छ । जसले लोकतान्त्रिक शासन व्यवस्थाको खिल्ली उडाइएको छ । तैपनि ओली आफूले गज्जबको सरकार चलाएको भनेर दाबी गर्न छाडेका छैनन् ।

    यसैबीचमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शनिबार एक सार्वजनिक कार्यक्रममा ‘अब अख्तियारमा रहेका धुलोले पुरिएका फाइलहरू खुल्छ’ भने अभिव्यक्ति दिए । अख्तियार संवैधानिक अंग हो । अख्तियारबारे कि प्रमु्ख आयुक्तले बोल्छन्, कि त आयोगका प्रवक्ताले जानकारी गराउँछन् । तर, सरकारकै मन्त्रीले अख्तियारको धुलोले पुरिएको फाइल खुल्दैछ भनेर अहिले किन बोले ? भन्ने विषयले व्यापक तरंग सिर्जना गरेको छ । के मन्त्री ज्ञवाली अख्तियारका प्रमुख आयुक्त हुन् ? भन्ने जिज्ञासा आमजनताले उठाएका छन् ।

    ओली सरकारले आफूलाई शक्तिशाली बनाउन हिजो विभिन्न भ्रष्टाचारका मुद्दा अख्तियारको तामेलीमा रहेका र अनुसन्धान गर्न बाँकी रहेकालाई छानबिन अघि बढाइने र जेल हाल्ने चेतावनी दिँदै आएको छ । सोहीअनुसार मन्त्री ज्ञवालीले यस्तो धम्कीको अभिव्यक्ति दिएको बताइन्छ ।

    केही दिनअघि नेकपा अध्यक्ष माधवकुमार नेपालले ओलीले आफू र प्रचण्डलाई सकिङ न्युज दिन्छु भनेर जेल हाल्ने तयारी गरेको खुलाएका थिए । ज्ञवालीको यो अभिव्यक्तिले नेता नेपालको भनाइलाई पुष्टि गर्न खोजेको देखिएको छ । ओली प्रधानमन्त्री भएदेखि अख्तियार उनकै खटनपटनमा चलेको बताइँदै आएको छ । भ्रष्टाचारले डामेका प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त नियुक्त गरिनुले पनि ओली सरकारको चाहना प्रस्ट हुन्छ ।

    यतिबेला ओली सरकारको ध्यान पूर्वमाओवादी लडाकू शिविरमा भएको भ्रष्टाचारको फाइल खोल्नेमा देखिएको छ । ओलीले शनिबार केही पूर्वमाओवादी लडाकूलाई आफ्नो पार्टीमा भित्र्याउनुले उनी जसरी पनि प्रचण्डको राजनीति सखाप पार्ने रणनीतिमा रहेको प्रस्ट हुन्छ । प्रदीप ज्ञवालीको शनिबारको धम्की पनि त्यसकै कडीका रूपमा आएको बताइन्छ । पूर्वमाओवादी लडाकू शिविर व्यवस्थापन र लडाकूको भत्तामा करिब चार अर्ब अनियमितता भएको दाबी गरिँदै आएको छ । जसमध्ये माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला धेरै रकम बाँडिएको थियो ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology