मंगलवार, चैत्र ६ २०८०Mar 19 2024

Logo
images

‘वन तस्कर नै वनमन्त्री भएपछि जंगलका वनस्पति, रूख र जनावरहरू डरले थुरथुर छन्’

‘वन तस्कर नै वनमन्त्री भएपछि जंगलका वनस्पति, रूख र जनावरहरू डरले थुरथुर छन्’

  • मिडिया डबली
  • शुक्रवार, माघ ९ २०७७


  • ‘वन तस्कर नै वनमन्त्री भएपछि जंगलका वनस्पति, रूख र जनावरहरू डरले थुरथुर छन्’

    काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले वन तस्कर नै वनमन्त्री भएपछि जंगलका वनस्पति, रूख र जनावरहरू डरले थुरथुर भएका बताएका छन् ।

    कैलालीको ५ नम्बर निर्वाचन क्षेत्रको कार्यकर्ता भेलालाई धनगढीमा सम्बोधन गर्दै रावलले वन तथा वातावरणमन्त्री प्रेम आले काठ तस्कर भएको आरोप लगाएका छन् ।

    images
    images
    images

    तस्कर नै मन्त्री भएपछि रूखहरु डराएका बताउँदै रावलले व्यंग्य गरेका छन् । ‘अहिले शुक्लाफाँटादेखि लालझाडीसम्मका सबै रूख डरले थर्कमान छन् । किनभने वनतस्कर नै वनमन्त्री छन्,’ नेता रावलले भने, ‘काठ तस्करको मुद्दा लागेर धरौटीमा छुटेकालाई वनमन्त्री बनाउनु लाजमर्दो भएको छ । केपी ओलीले यहाँ भाषण गर्नुभो – मैले वनमन्त्री बनाएपछि तस्करहरू डरले थुरथुर भएका छन् भनेर । तस्करहरू होइन, वनस्पति, रूख र जनावरहरू थुरथुर छन् ।’ 

    नेकपा फुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिममा मन्त्री पद बाँडेको आरोप लगाए । उनले सुदूरपश्चिमलाई माया गरेर नभई पार्टी फुटाउन सुदूरपश्चिमबाट ४–४ जनालाई मन्त्री बनाएको बताए । 

    ‘जुनबेला डडेल्धुरा र टीकापुरका २ सिटबाहेक सारा जितेर पठायौं, त्यसबेला उहाँलाई सुदूरपश्चिमको सम्झना भएन,’ उनले भने, ‘अहिले पार्टी फुटाउन मन्त्री पदलाई दुरुपयोग गरेर हतियार बनाइएको हो । मन्त्री दिने भए त सुरूमै दिनुपथ्र्यो ।’

    सुदूरपश्चिमका १६ मध्ये १४ वटा निर्वाचन क्षेत्रबाट जितेर पठाउँदा पनि निर्वाचनपछि सरकार गठन गर्दा सुदूरपश्चिमलाई उपेक्षा गरिएको भन्दै उनले त्यसबेला असन्तुष्टि जनाएका थिए । प्रतिनिधिसभा विघटनपछि पुनर्गठन गरिएको मन्त्रिमण्डलमा भने सुदूरपश्चिमबाट  ३ जना मन्त्री बनाइएका छन् ।

    प्रतिनिधिसभा विघटनलगत्तै प्रधानमन्त्री ओलीले सुदूरपश्चिमबाट वन तथा वातावरणमन्त्री प्रेम आले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा गौरीशंकर चौधरीलाई नियुक्त गरेका थिए । ओली समूहमा लागेका लेखराज भट्ट यसअघिदेखि नै मन्त्री रहेका छन् । 

    उनले प्रधानमन्त्री ओलीले ३ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा कुनै पनि ठूला योजना नल्याउनुले पनि सुदूरपश्चिम प्रदेशप्रति उनको दृष्टिकोण प्रष्ट हुने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend