काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाले भोलि माघ १० गते नेपाल बन्द आह्वान गरेको छ ।
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा बन्द आह्वान गरेको हो ।
नेता कञ्चनको गिरफ्तारीविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्दै विप्लव नेकपाले देशभर बन्द आह्वान गरेको छ ।
अघिल्लो बिहीबार प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले माघ ३ गतेदेखि १० गतेसम्मका संघर्षका कार्यक्रम सार्वजनिक गरेका थिए ।
ओली सरकारले विप्लवमाथि प्रतिबन्ध लगाउँदै नेता कार्यकर्तालाई पक्राउ गर्दै आइरहेको छ । त्यसको विरोधमा विप्लवले समेत भूमिगत आन्दोलन गर्दै आएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।