मंगलवार, चैत्र ६ २०८०Mar 19 2024

Logo
images

प्रचण्डका विश्वासपात्र दाहाललाई कारवाही, नेकपा अध्यक्ष पदबाट बर्खास्त

प्रचण्डका विश्वासपात्र दाहाललाई कारवाही, नेकपा अध्यक्ष पदबाट बर्खास्त

  • मिडिया डबली
  • मंगलवार, माघ ६ २०७७


  • प्रचण्डका विश्वासपात्र दाहाललाई कारवाही, नेकपा अध्यक्ष पदबाट बर्खास्त

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र तथा बाग्मती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाललाई कारवाही गरेकोे छ ।

    भक्तपुरमा भएको बाग्मती प्रदेश संगठन कमिटीको चौथो विस्तारित बैठकले दाहाललाई कारवाही गर्दै कमिटीको अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहनीलाई चयन गरेको छ ।

    images
    images
    images

    ओली पक्षले प्रदेशका जिल्ला अध्यक्षहरू समेत नियुक्त गरेको छ । जिल्ला अध्यक्ष चयन भएकाहरूमा क्रमशः काभ्रेमा अशोक व्यान्जु, रामेछापमा आनन्द श्रेष्ठ, धादिङमा भूमि त्रिपाठी, मकवानपुरमा एकलाल श्रेष्ठ, सिन्धुलीमा प्रदीप कटवाल छन् । 

    बैठकले माघ २३ गते पार्टीले काठमाडौंमा विशाल जनसभा गर्ने र सो कार्यक्रमका लागि कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १११ जनाको कमिटी घोषणा गरेको छ । बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब पार्टी निर्माणको लागि जनताका बीचमा जानुपर्ने बताए ।

    ‘विगतमा पार्टीमा देखिएको अराजक अवस्थालाई पुनरावलोकन गर्दै जानुको विकल्प छैन,’ उनले भने । पार्टीको एक कार्यकारी पदमा २ पटकभन्दा बढी र ७० वर्ष कटेपछि बस्न नपाउने विधानको व्यवस्थालाई एकता पछि हटाइनु राम्रो नभएको उनले बताए ।

    कम्युनिस्ट आन्दोलन र पार्टी निर्माणको कामलाई अगाडि लैजाने ऐतिहासिक क्षण आइपुगेको बताउँदै पोखरेलले यसका लागि जुट्न सबैलाई आग्रह गरेका छन् । कार्यक्रममा नेताहरू आनन्द पोखरेल, महेश बस्नेत, वचन देउजा लगायतले पार्टी निर्माणमा एक ढिक्का भएर लाग्न सबैलाई आग्रह गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend