बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

Logo
images
images
images
images

बल्ल खुल्यो संसद विघटनको गोप्य रहस्य ! केपी ओलीको यस्तो भित्रि चाहना 

बल्ल खुल्यो संसद विघटनको गोप्य रहस्य ! केपी ओलीको यस्तो भित्रि चाहना 

  • मिडिया डबली
  • शुक्रवार, माघ २ २०७७

  • 32.0K
    SHARES

  • बल्ल खुल्यो संसद विघटनको गोप्य रहस्य ! केपी ओलीको यस्तो भित्रि चाहना 

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई लेखेका कारणहरुको गोप्य रहस्य खुलेको छ ।

    ओली सरकारले दुईतिहाइ बहुमतको सरकार चाहिएको भन्दै प्रतिनिधिसभा विघटनको सिफारिसमा उल्लेख गरेको पाइएको छ ।

    images
    images

    पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा सरकारले विभिन्न कामहरु गर्दा अवरोध भएकाले संविधान संशोधनदेखि विभिन्न कुरामा काम गर्न दुईतिहाइको सरकार चाहिएको तर्क गर्दै प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति भण्डारीलाई सिफारिस गरेका छन् ।

    यस्ता छन् पत्रमा खुलाइएका कारणहरु –

    क) नेपालको संविधान तत्कालीन अवस्थाको सहमतिको दस्तावेज हो । राज्य सञ्चालनका कतिपय विषयहरुलाई संविधान कार्यान्वयनका अनुभवका आधारमा परिमार्जन गर्नका लागि र मुलुकको समग्र विकासलाई तीव्र गतिमा अघि बढाउन यस संविधानमा रहेका कतिपय प्रावधानहरु संशोधनयोग्य छन् ।

    संशोधनका लागि विभिन्न राजनीतिक दलहरु समेतबाट पटक–पटक प्रस्तावहरु राखिएकै छन् । यस्तो अवस्थामा वर्तमान संविधानलाई अझ बढी समयानुकूल बनाउन संविधान संशोधन आवश्यक हुने र सोको लागि सत्तारूढ दलसँग दुईतिहाइ बहुमत नभएको हुँदा संघीय संसदमा एउटै दलको दुईतिहाइ बहुमत र त्यस्तो बहुमतको सरकार आवश्यक भएको ।

    ख) विगतमा नेपालको आफ्नो भू–भाग रही विश्व मान्यता दिइसकेको र मित्रराष्ट्र भारतले समेत तत्कालीन अवस्थामा स्वीकार गरिसकेको तर निरंकुश पञ्चायती शासकको स्वार्थको कारणले मित्रराष्ट्र भारतले प्रयोग गरी आफ्नो नक्सामा थप गरेको नेपालको दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेतको भू–भागलाई यस सरकारले नेपालको नक्सामा समेटी तदअनुरूपको नक्सा प्रकाशन गरेको छ ।

    सरकारको दृढ अठोट र अविचलित प्रयासबाट विगतमा असम्भवजस्तो ठानिएको आफ्नो भूमि प्राप्त गर्ने यो सर्वाधिक राष्ट्रिय महत्त्वको विषयमा अभूतपूर्व राष्ट्रिय एकता निर्माण गर्न सफलता मिलेको हो । संघीय संसदबाट पारित भएको यस विषयलाई कार्यान्वयन गर्नसमेत दुईतिहाइ बहुमतको सरकार आवश्यक भएको ।

    ग) नेपालको संविधानको धारा २७९ बमोजिम सन्धी वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थनका लागि दुईतिहाइ बहुमतको सरकार आवश्यक भएको ।

    (घ) शान्ति, सुशासन, भ्रष्टाचार नियन्त्रण र विकासका कार्यहरु दृढताका साथ अगाडि बढाइरहँदा सरकारका काममा लगातार व्यवधान खडा गर्ने र सरकारले काम गरेन भन्ने एकोहोरो दुष्प्रचार गरी सरकारलाई राष्ट्रहित र जनहितको कार्य गर्नमा अवरोध सिर्जना भएकोले राष्ट्रहित र जनहितको कार्यलाई निर्बाध ढङ्गले तीब्र गतिमा अगाडि बढाउन ताजा जनादेशसहित दुईतिहाई बहुमतको सरकार आवश्यक भएको ।

    ङ) सरकारले अनुमोदनका लागि संसदसमक्ष प्रस्तुत गरेको दस्तावेज सरकारको पटक–पटकको अनुरोधका बावजुद संसदको बैठकको कार्यसूचीमै नराखे र निर्णयार्थ प्रस्तुत नगर्नेसम्मको स्थिति प्रकट हुनुबाट अन्तर्राष्ट्रिय रूपमा मुलुकको साखमा प्रतिकूल असर पनर्न गएको छ । तसर्थ ताजा जनादेशसहितको प्रतिनिधिसभाका लागि निर्वाचनमा जान अत्यन्त आवश्यक भएको ।

    च) कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा अभूतपूर्व एकताका साथ देश सिङ्गै जुट्नुपर्ने विशेष समयमा जनतामा विभिन्न प्रकारका भ्रम फिँजाउन खोज्ने, अनावश्यक विषयहरुमा सरकारलाई अल्झाउन खोज्ने, विकास निर्माणका कार्यहरुमा समर्पित भई केन्द्रित हुन नदिने कार्यहरु भइरहेकाले बृहत्तर राष्ट्रिय हितमा समर्पित रही राष्ट्रिय समस्या समाधान गर्न केन्द्रित हुन दुईतिहाई बहुमतको सरकार आवश्यक भएको ।

    छ) वर्तमान सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको साख व्यापक अभिवृद्धि गरेको र राष्ट्रहित तथा स्वाभिमानलाई उच्च पारेको अवस्थालाई यथावत् कायम राख्न तथा यसलाई संकुचित एवं अर्थहीन बनाउन भइरहेका प्रयासहरुलाई परास्त गर्न दुईतिहाई बहुमतको सरकार आवश्यक भएको ।

    ज) विगत लामो समयसम्म रहेको पञ्चायती निरंकुश शासन व्यवस्थाको अवशेष अझै पनि सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा समेत प्रकट हुने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक छ । साथै, सशस्त्र संघर्षको कारण जनतामा भएको निरासा तथा सशस्त्र संघर्षका बखत भएका कार्यहरु न्यायोचित र सहज तरिकाबाट निरूपण गर्न र शान्ति प्रक्रियालाई स्वच्छ र सर्वस्वीकार्य तवरबाट सफल पार्न दुईतिहाई बहुमतको सरकार आवश्यक भएको । 

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology