काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा अर्को भ्यू–टावर निर्माण गरिने भएको छ ।
यसअघि नै भ्यू–टावर बनाउँदा आलोचना भए पनि सरकारले अर्काे भ्यू–टावर समेत बनाउन लागेको छ । सरकारले अत्यावश्यक नभएका भ्यू–टावर बनाउन करोडौं खर्च गरिरहेका बेला जनतालाई अत्यावश्यक कोरोना भाइरस विरुद्धको खोप खरिदका लागि पैसा जुटाउन चन्दा माग्दै सार्वजनिक सूचना जारी गरिएको छ ।
सरकारले नेपालको पूर्वीद्वार झापाको काँकडभिट्टामा पर्यटक आकर्षित गर्न चन्दै ११ तलाको भ्यू–टावर निर्माण सुरू गरेको छ ।
काँकडभिट्टामा पर्यटक आउना साथ दृश्यावलोकनका लागि १ नम्बर प्रदेश सरकार र मेचीनगर नगरपालिकाको साझेदारीमा भ्यू–टावरको निर्माण थालिएको मेचीनगरका प्रमुख विमल आचार्यले बताएका छन् ।
बिहीवार प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, राधा थापा र गोपालचन्द्र बुढाथोकी, मेचीनगरका प्रमुख आचार्य, उपप्रमुख मीना उप्रेती लगायतले भ्यू–टावरको संयुक्तरूपमा शिलान्यास गरेका छन् ।
मेचीनगर नगरपालिका–६ को सबैभन्दा अग्लो स्थानमा रहेको शिवालय मन्दिर परिसरमा शिलान्यास भएको भ्यू–टावरको कूल लागत ४ करोड ५३ लाख ४७ हजार ३७० रुपैयाँ रहेको आयोजना प्रमुख इन्जिनीयर कमलप्रसाद कोइरालाले बताए ।
कनकाई इन्टरनेसनल बिल्डर्स प्रालिले निर्माणको ठेक्का पाएको छ । आयोजना प्रमुख कोइरालाका अनुसार २०७८ मंसिर २८ गतेसम्म काम सम्पन्न गरिसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको छ ।
झापामा यसअघि नै बुद्ध शान्तिको धारागोलामा ५ तले भ्यूटावर निर्माण भइसकेको छ भने दमकमा नेपालकै सबैभन्दा ठूलो भ्यूटावर निर्माणाधीन अवस्थामा छ । सरकारले भ्यू–टावरमा जोड दिइरहेको बेला जनताले कोरोना भाइरस संक्रमणका बेला आधारभूत परीक्षण र उपचार नपाउने अवस्था देखिएको छ । कोरोना विरुद्धको खोप खरिदका लागि सरकारले दातृ निकायलाई चन्दा माग्दै सार्वजनिक सूचना नै निकालेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।