शनिवार, माघ ३ २०७७Jan 16 2021

Logo
images
images
images
images
आजको विशेष

ओली अर्बौ खर्च हुने चुनाव घोषणा गर्छन्, तर भ्याक्सिन ल्याउन विदेशीसँग भीख माग्छन्

ओली अर्बौ खर्च हुने चुनाव घोषणा गर्छन्, तर भ्याक्सिन ल्याउन विदेशीसँग भीख माग्छन्

  • मिडिया डबली
  • बिहिवार, माघ १ २०७७

  • 1.5K
    SHARES

  • ओली अर्बौ खर्च हुने चुनाव घोषणा गर्छन्, तर भ्याक्सिन ल्याउन विदेशीसँग भीख माग्छन्

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले २०औं अर्ब खर्च हुने गरी वैशाखमा आमनिर्वाचनको घोषणा गरेका छन् । बहुमतको प्रतिनिधिसभा विघटन गर्दै उनले देशलाई हरितन्नम बनाउन चुनावको डंका पिटिरहेका रहेका छन् ।

    तर, अहिलेसम्म कसैलाई पनि वैशाखमा निर्वाचन हुनेमा विश्वास छैन । देशमा कोरोना भाइरसबाट संक्रमण हुने र मृत्यु हुनेको संख्या बढिरहेको छ । विदेशतिर कोरोनाविरुद्धको खोप धमाधम लगाउन थालिएको छ ।

    images
    images

    तर, नेपालमा प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै चुनावको राग अलाप्दैमा व्यस्त छन् । सरकारले बुधबार मात्रै कोरोनाविरुद्धको भ्याक्सिन ल्याइदिन विदेशी र दातृनिकायसँग भीख मागेको छ ।

    सहयोगका लागि आह्वान गरेको छ । यसैबीच, नेपाली कांग्रेसले सरकारले जनताको जीवनरक्षालाई बिर्सिएर भोटको मात्रै अपेक्षा गरेको टिप्पणी गरेको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेन्टिलेटर किन्न पैसा नभएको बताउने सरकारले खोप ल्याउन सार्वजनिक रुपले चन्दाको विज्ञापन गरेकाप्रति आश्चर्य प्रकट गरेका छन् ।

    ‘जनताको जीवन रक्षा भन्दा जनताको भोट अपेक्षा, जब प्रधान हुन्छ, बुझ्नुपर्छ त्यो सत्ता जनताको होइन, न लोकतान्त्रिक हो न मानवीय,’ प्रवक्ता शर्माले बिहीबार ट्वीटरमा लेखेका छन्, ‘खोप ल्याउन सरकार सार्वजनिक रुपले चन्दाको बिज्ञापन छाप्छ, भेन्टिलेटर किन्न र जनताको उपचार गर्न पैसा छैन भन्छ, तर अर्कोतिर अर्बौं खर्च हुने चुनाव घोषणा गर्छ ।’

    images
    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology