काठमाडौं – संसद विघटन गर्ने निर्णय असंवैधानिक भएको भन्दै बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने घोषणा गरेको छ ।
काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा मंगलवार आयोजित प्रतिगमनविरोधी कला प्रदर्शन सहितको सभामा आन्दोलनका अगुवा नारायण वाग्लेले बालुवाटार घेर्ने घोषणा गरेका छन् ।
नागरिक अगुवाको अगुवाइमा बालुवाटार घेराउ गर्ने वाग्लेले बताएका छन् । उनले घेराउ कहिले गर्ने भन्नेबारे छिट्टै जानकारी गराउने समेत बताए ।
बृहत् नागरिक आन्दोलनका अभियन्ताहरूले पुस ५ गते प्रतिनिधिसभा संसद विघटन भएपछि त्यसलाई असंवैधानिक र प्रतिगमन भन्दै चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।
सरकारले संसद विघटन गर्दै बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि ओलीबाट छुट्टिएर बनेको नेकपा प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतले विरोध गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।