काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर एकअर्कालाई कारवाही गर्ने शृंखला चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले नेता भीम रावललाई कारवाही गरेको छ ।
प्रचण्ड–नेपाल पक्षका सुदूरपश्चिम प्रदेश इन्चार्ज रावलसहित ३ जना नेतालाई ओली पक्षले बुधबार कारवाही गर्दै पदबाट हटाउन सिफारिस गरेको हो ।
धनगढीमा बसेको नेकपा ओली पक्षको सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकले पार्टीको बैंक खाताबाट ३० लाख झिकेर अनियमितता गरेको आरोप लगाउँदै इन्चार्ज भीम रावल, प्रदेश सचिव नेपबहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारवाही गर्न केन्द्रमा सिफारिस गरेको नेकपा ओली पक्षका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए ।
रावलसहित नेताहरूले पार्टी आचरणविरुद्ध काम गरी आर्थिक अनियमितता गरेको भन्दै कारवाही गर्न सिफारिस गरेको अध्यक्ष थापाले बताएका छन् ।
यसअघि पुस १७ गते धनगढीमै सम्पन्न प्रचण्ड–नेपाल पक्षको प्रदेश कमिटी बैठकले नेकपाका अध्यक्ष कर्ण थापासहित ४ जिल्लाका अध्यक्षलाई आचरण विपरीत काम गरेको भन्दै कारवाही गर्ने निर्णय गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।