काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको आर्थिक बृद्धिदर ७ प्रतिशत हाराहारीमा हुने हावा गफ बजेटमार्फत दिए पनि विश्व बैंकले यसमा धक्का लगाइदिएको छ ।
कोरोना भाइरसको महामारीबाट प्रभावित चालू आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक बृद्धिदर ०.६ प्रतिशत मात्र रहने विश्व बैंकले जनाएको छ ।
यसअघि समेत विश्व बैंकले गत चैतमा नै नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । तर त्यसपछि ओली सरकारले बजेटमार्फत ७ प्रतिशत आर्थिक बृद्धिको दाबी गरेको थियो ।
सन् २०२१ को पहिलो प्रतिवेदन ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ मंगलवार सार्वजनिक गर्दै विश्व बैंकले नेपालको आर्थिक बृद्धिदरबारे उल्लेख गरेको छ ।
विश्व बैंकका अनुसार दक्षिण एसियाली भेगमा यस वर्ष सबैभन्दा गहिरो आर्थिक क्षति भारतले व्यहोर्नेछ । चालू आवमा भारतको आर्थिक बृद्धिदर ९.६ प्रतिशतले नकारात्मक रहने जनाइएको छ । बंगलादेशको आर्थिक बृद्धि समेत नकारात्मक रहने तथ्यांक विश्व बैंकले सार्वजनिक गरेको छ ।
यस वर्ष बंगलादेशको आर्थिक बृद्धिदर ०.७ प्रतिशत रहने भएको छ । सबैभन्दा उच्च आर्थिक बृद्धिदर भने माल्दिभ्सले हासिल गर्ने जनाइएको छ । माल्दिभ्सको ९.५ प्रतिशतको आर्थिक बृद्धिदर रहने प्रतिवेदनमा उल्लेख छ ।
पर्यटनमा आधारित अर्थतन्त्र रहेको माल्दिभ्सले पर्यटक आगमन खुला गरिसकेको छ । समग्र दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर भने ६.७ प्रतिशत रहने विश्व बैंकले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।