शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रचण्ड नेकपाले जित्यो चुनाव : केपी ओली समर्थक गायब, देशभर तरङ्ग !

प्रचण्ड नेकपाले जित्यो चुनाव : केपी ओली समर्थक गायब, देशभर तरङ्ग !

  • मिडिया डबली
  • मंगलवार, पौष २१ २०७७

  • 32.0K
    SHARES

  • प्रचण्ड नेकपाले जित्यो चुनाव : केपी ओली समर्थक गायब, देशभर तरङ्ग !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि भएको निर्वाचनबाट २ नम्बर प्रदेश संसदीय दलको नेतामा शत्रुघन महतो चयन भएका छन् ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सत्यनारायण मण्डलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा प्रदेश संसदीय दलको बैठकबाट पारित भएको थियो । नवनिर्वाचित नेता महतो प्रचण्ड–नेपाल पक्षीय नेता हुन् ।

    नेकपा दलको नेता चयन भएसँगै महतो प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलको नेता बनेका छन् । नेकपा प्रदेश संसदीय दलको नेतामा नवनिर्वाचित महतोलाई प्रदेशसभा सचिवालयले प्रमुख विपक्षी दलको नेताको मान्यता दिएको सभामुख सरोजकुमार यादवले बताएका छन् ।

    मण्डलविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि नयाँ नेता छान्न मंगलबारै निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो । निर्वाचन कार्यक्रम अन्तर्गत मंगलबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको मात्रै उम्मेदवारी परेकाले निर्विरोध चयन गरिएको निर्वाचन संयोजक जगतप्रसाद यादवले जानकारी दिए ।

    महतोलाई दल नेता चयन गर्न बहुमत १९ जना सांसदको समर्थन रहेको उपनेता रामकुमार यादवले बताएका छन् । प्रदेशमा नेकपाका ३२ जना सांसद रहेका छन् ।

    प्रधानमन्त्री ओली पक्षधर मण्डल लगायतका सांसद प्रदेश संसदीय दलको बैठकदेखि निर्वाचन प्रक्रियासम्म सहभागी भएका छैनन् । अल्पमतमा परेका ओली पक्षीय सांसदहरू गायब भएका छन् ।

    135493372_1024756811266341_1083785789504324670_n.jpg

    मंगलबारै बसेको नेकपा प्रदेश संसदीय दलको बैठकले मण्डल विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको थियो । उपनेता रामकुमार यादवको अध्यक्षतामा बसेको दलको बैठकले अविश्वास प्रस्ताव पारित गरेको जनाइएको छ ।

    प्रचण्ड–नेपाल पक्षले चुनावबाटै ओली पक्षलाई हराएपछि देशभर तरङ्ग फैलिएको छ । प्रचण्ड–नेपाल पक्षीय नेता कार्यकर्ता हौसिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend