शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

सडक पुगेर एक्लिए प्रचण्ड, कांग्रेसले गर्‍यो यस्तो संकेत

सडक पुगेर एक्लिए प्रचण्ड, कांग्रेसले गर्‍यो यस्तो संकेत

  • मिडिया डबली
  • शनिवार, पौष १८ २०७७

  • 4.2K
    SHARES

  • सडक पुगेर एक्लिए प्रचण्ड, कांग्रेसले गर्‍यो यस्तो संकेत

    काठमाडौं – विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ ।

    कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको हो ।

    पुस १४ गते देशभर एकसाथ विरोधसभा गरेको सो समूहले संघर्षका थप कार्यक्रमका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर संयुक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको थियो । तर ती दलले संयुक्त आन्दोलनप्रति रुचि नदेखाएपछि एकल रूपमा संघर्षका कार्यक्रम घोषणाको तयारीमा प्रचण्ड–नेपाल समूह लागेको हो । अहिले जिल्ला–जिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध सो समूहको प्रदर्शन भइरहेको छ ।

    सबै जनवर्गीय संगठन र मोर्चा संगठनका केन्द्रीय बैठक र भेला पनि भइरहेका छन् । पुस २० गते सबै नगरपालिका र गाउँपालिकासम्म पार्टी बैठक र भेला तथा पुस २५ गते सबै वडामा बैठक र भेला गर्ने प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

    सो समूहका पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पुस १५ गते नै सरकारविरुद्ध आन्दोलनका लागि थप कार्यक्रम घोषणा गर्ने बताएका थिए । तर बुधवार सो समूहको स्थायी कमिटीको बैठक नै बस्न सकेन । प्रचण्डपत्नी सीता दाहाल बिरामी परेका कारण स्थायी कमिटीको बैठक बस्न नसकेको बताइएको छ । तर सो पार्टीका एक नेताका अनुसार कांग्रेसले सुरूमा संयुक्त आन्दोलनका लागि ‘ग्रिन सिग्नल’ दिएको थियो ।

    बिहीवार र शुक्रवार भएका अनौपचारिक भेटघाटमा कांग्रेस र जसपाका नेताहरुले संयुक्त आन्दोलनप्रति रुचि नदेखाएपछि संघर्ष समितिको बैठकबाट शनिवार वा आइतवार संघर्षका अन्य कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको छ । संघर्ष समितिका सचिव सूर्य सुवेदीका अनुसार केही दिनमा समितिको बैठकबाट आन्दोलनका थप कार्यक्रमको घोषणा हुनेछ ।

    प्रचण्ड–नेपाल समूहका धेरैजसो केन्द्रीय सदस्य तथा सांसद जिल्ला–जिल्लामा खटिएका छन् । उनीहरूले आफ्नो कार्यक्षेत्रमा परेका सबै कमिटीको बैठक र भेला राख्दै पार्टी विभाजनको औचित्यबारे प्रस्ट्याइहेका छन् ।  

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारूढ दल विभाजित भएर प्रचण्ड–नेपाल समूह बनेको थियो । सो समूहले पहिलो चरणको कार्यक्रमअन्तर्गत देशभर विरोधका कार्यक्रमहरु गरिरहेका छन् ।

    आन्दोलनको कमान्डरका रूपमा पार्टीका प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठलाई तोकिएको छ । संसद् पुनःस्थापनासहितका विभिन्न माग राखेर प्रचण्ड–नेपाल समूहले देशभर आन्दोलन गरिरहँदा कांग्रेस र जसपाले पनि सरकारको विरोध गरेपछि संयुक्त आन्दोलनको प्रस्ताव गरिएको थियो । संयुक्त आन्दोलनका लागि पहिलो चरणमा कांग्रेस पार्टी कार्यालयमा संयुक्त बैठक बसे पनि त्यसले कुनै ठोस प्रस्ताव गरेको थिएन ।

    कांग्रेसले पुस १३ गते र नेकपा प्रचण्ड–नेपाल समूहले १४ गते अलगअलग विरोध प्रदर्शन गरेका थिए । ‘कांग्रेस र जसपासँग संयुक्त संघर्ष समिति बनाएर जाने कुराकानी चलिरहेको छ । त्यसकारण आन्दोलनका कार्यक्रम घोषणामा हुन ढिलाइ भएको हो,’ संघर्ष समितिका सचिव सुवेदीले भने । उनका अनुसार अबको केही दिनमै संघर्ष समितिको कार्यक्रम घोषणा हुनेछ ।

    प्रधानमन्त्री ओली समूहलाई काउन्टर दिनेगरी दाहाल–नेपाल समूहले तल्लो तहसम्म कार्यक्रमहरू आयोजना गरिरहेको छ । गाउँपालिकास्तरमै कार्यकर्ता भेला गरेर पार्टी विभाजन हुनुको कारणबारे कार्यकर्तालाई प्रशिक्षण गर्ने काम भइरहेको जनाइएको छ ।  

    प्रधानमन्त्री ओली समूहले पनि प्रचण्ड–नेपाल समूहलाई काउन्टर दिने गरी युवा विद्यार्थी तथा जिल्लास्तरीय भेला प्रशिक्षणहरू गरिरहेको छ । देशभर कार्यक्रम गर्ने उद्देश्यले ओली समूहले गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘प्रचण्ड’लाई अघि सारेर कार्यकर्तामाझ पठाएको छ । बिहीवार र शुक्रवार भएका कार्यक्रममा गृहमन्त्री थापा प्रमुख वक्ता भएर सहभागी भएका थिए ।

    शनिवार काठमाडौंको कमलादीमा हुने कार्यक्रममा पनि थापा नै प्रमुख वक्ता हुनेछन् । शुक्रबार ललितपुर नगर कमिटीको कार्यक्रममा उनी प्रमुख वक्ता थिए भने शनिवार काठमाडौ जिल्ला कमिटीले आयोजना गर्ने कार्यक्रममा पनि वक्ताका रूपमै थापा सहभागी हुँदैछन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:०५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend