शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

विप्लवका पक्षमा सर्वाेच्च अदालतको आदेश, ओली सरकारलाई धक्का !

विप्लवका पक्षमा सर्वाेच्च अदालतको आदेश, ओली सरकारलाई धक्का !

  • मिडिया डबली
  • मंगलवार, पौष १४ २०७७

  • 4.3K
    SHARES

  • विप्लवका पक्षमा सर्वाेच्च अदालतको आदेश, ओली सरकारलाई धक्का !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता–कार्यकर्तालाई झूटा मुद्दामा अड्डासार गरेर हैरानी नदिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

    ओली सरकारले विप्लवका कार्यकर्तालाई हैरान पारेपछि अदालतले आदेश दिएको छ । यस्तो आदेशले ओली सरकारको मनपरीलाई धक्का लागेको छ ।

    विप्लव नेकपाका लमजुङ जिल्ला इन्चार्ज जंगबहादुर भण्डारीसहित ३ जना जिल्ला नेताको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ गर्दै सर्वोच्चले विना कारण गिरफ्तार नगर्न आदेश गरेको छ ।

    सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी र ईश्वर खतिवडाको इजलासले जंगबहादुरसहित ३ जनालाई रिहा गर्दै बहानाबाजी गरेर पुनः गिरफ्तार नगर्न कडा चेतावनी दिएको छ ।

    पुस १ गते तनहुँको आवुखैरेनीबाट प्रहरीले लमजुङ इन्चार्ज भण्डारी, जिल्ला सेक्रेटरी बिलबहादुर गुरुङ र जिल्ला समिती सदस्य रवीन्द्र नखोलालाई पक्राउ गरेको थियो । उनीहरूलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनीले अभद्र व्यवहार मुद्दा चलाएको थियो ।

    बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि सर्वोच्चले थुनुवा झिकाउने आदेश गरेको थियो । सोमवार रिटको सुनुवाई गर्दै न्यायाधीश केसी र खतिवडाको इजलाशले छाड्ने आदेशसँगै थप आदेश गरेको छ ।

    ‘रिहा गर्दा अदालतको आदेश प्रतिकूल हुने गरी बहानाबाजी वा अटेर गरी निजहरूलाई पुनः पक्राउ गर्ने, थुनामा राख्ने गरेमा संविधानको धारा–१२८ तथा न्याय प्रशासन ऐन–०१७ बमोजिम कारवाही हुने गृहसचिव र प्रहरी महानिरीक्षक लगायत प्रतिपक्षीलाई जानकारी दिनू,’ थप आदेशमा उल्लेख छ ।

    सर्वोच्चमा एकराज भण्डारीले विप्लवका नेताको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सर्वोच्चबाट छुटेपछि विप्लवका कार्यकर्ता पक्राउ गर्न प्रहरी परिचालन गर्ने गरिएको छ । सर्वोच्चले पुनः पक्राउ गरेमा गृहसचिव र प्रहरी प्रमुखलाई नै कारवाही गर्ने लिखित आदेश गरेपछि प्रहरी पछि हटेको छ ।

    विप्लवका नेता, कार्यकर्तालाई प्रहरीले अभद्र व्यवहार मुद्दा लगाएर अड्डासार गरेर फरक–फरक हिरासतमा अल्झाउने गरेको छ । सोमवारको आदेशपछि विप्लवका कार्यकर्तालाई झूटा मुद्दामा अल्झाउने प्रहरीको रणनीतिमा धक्का लाग्ने देखिएको छ ।

    अभद्र व्यवहार मुद्दामा थुनामा रहेका ३ जना नेतासहित विप्लव नेकपाका ६ जनालाई सर्वोच्चको आदेशपछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता (डीएसपी) युवराज तिमिल्सिनाले जानकारी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend