काठमाडौं – नेकपा (प्रचण्ड–नेपाल) समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाएका छन्। रावलले आफैंले चुनावको मिति तोकेर पनि मन्त्रिमण्डल विस्तार गर्नु निरंकुश शासकको चरित्र भएको आरोप लगाएका हुन्।
ओलीले देश, जनता, विश्वासघात र संविधानलाई घात गरेको उनको आरोप छ। ओलीमा पदको उन्माद देखिएको उनको आरोप छ।
‘‘देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथ घात गर्ने प्रधानमन्त्री ओलीले आफैं चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निरंकुश शासकझैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्,’ पूर्वमन्त्री रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैं पर्दाफास गरेका छन्।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।