काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद मन्त्री जगत विश्वकर्मालाई मन्त्री पदबाट हटाएका छन् ।
ओलीले उद्योग राज्यमन्त्री मोती दुगडलाई पनि हटाएका छन् । यसअघि नै नेकपाको प्रचण्ड–नेपाल समूहका ७ मन्त्रीले राजीनामा दिएपछि मन्त्री पद रिक्त थिए ।
ओलीले टोपबहादुर रायमाझीलाई उर्जा मन्त्री बनाएका छन् भने मणि थापालाई खानेपानी, प्रभू साहलाई शहरी विकास र प्रेम आलेलाई वन मन्त्रीमा नियुक्त गरेका छन् ।
ओलीले गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री हुँदा गौरीशंकर चौधरी श्रम मन्त्री भएका छन् । दावा लामा विश्वकर्माको ठाउँमा युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटनमन्त्रीमा सरुवा गरिएको छ भने संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् ।
ओलीले जुलीकुमारी महतो महिला बालबालिका तथा विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनाएका छन् ।
यसअघिका महिला बालबालिका मन्त्री रहेका लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । भूमि व्यवस्था मन्त्री पदमा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
ओली सरकारमा कृष्णगोपाल श्रेष्ठले शिक्षामन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघि श्रेष्ठ शहरी विकास मन्त्री थिए ।
नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ खाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।