शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

केपी ओलीलाई अर्काे झड्का, पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता 

केपी ओलीलाई अर्काे झड्का, पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता 

  • मिडिया डबली
  • सोमवार, पौष ६ २०७७

  • 10.8K
    SHARES

  • केपी ओलीलाई अर्काे झड्का, पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता 

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी विरोध भइरहेको बेलामा ओली सरकारलाई अर्काे झड्का लागेको छ ।

    ओली सरकारलाई समर्थन दिएको पार्टी राष्ट्रिय जनमोर्चा (राजमो) ले संसद विघटनको कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी भएको जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    सोमवार पार्टीको केन्द्रीय कार्यालय बैठकले ओली सरकारको कदम अधिनायकवादी भएको निष्कर्ष निकालेको हो । बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै सरकारको कदमको तीव्र विरोध र भर्त्सना गरेका छन् । 

    ‘हामीले ओली नेतृत्वको सरकारलाई विगतमा त्यसले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताका विषयमा लिएको अडानका कारणले समर्थन गरेका थियौं । तर त्यसको प्रतिनिधिसभा विघटन गर्ने गलत काम र त्यसले स्वयं गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि पार्ने प्रतिकूल स्थितिमाथि विचार गरेर ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

    गणतन्त्र र धर्मनिरपेक्षता समाप्त गर्न प्रतिगामी शक्तिहरूले तीव्र रूपमा गतिविधिहरू बढाइरहेको दाबी गर्दै राजमोले त्यसविरुद्ध व्यापक एकता र राजनीतिक स्थिरताको आवश्यकता भएको समयमा संसद विघटनको कार्य देश र जनताको हितका विरुद्ध रहेको जनाएको छ । 

    पार्टीले यसअघि पुस १० गतेसम्मका लागि तय गरिएका संघर्षका कार्यक्रम यथावत रूपमा सञ्चालन हुने जनाउँदै संसद विघटन गलत भएकाले त्यसको पुनःस्थापनामा जोड दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend