काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनपछिको अवस्थाबारे छलफल गर्न पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
संसद् विघटनपछिको अवस्थाबारे सोमबार प्रतिनिधि सभाका सदस्यहरूसँग छलफल गर्ने तयारी भएको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बालुवाटारमा बसेको बैठकले पुस ७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि केन्द्रीय कमिटी बैठक पुस १० गतेका लागि बोलाइएको थियो ।
बैठकले स्थायी कमिटीको रिक्त एक स्थानमा कृष्णबहादुर महरालाई लैजानका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।