शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

ओलीविरुद्ध आपतकालीन बैठक बोलाउने प्रचण्ड पक्षको तयारी, नेकपामा खैलाबैला

ओलीविरुद्ध आपतकालीन बैठक बोलाउने प्रचण्ड पक्षको तयारी, नेकपामा खैलाबैला

  • मिडिया डबली
  • बिहिवार, पौष २ २०७७

  • 17.8K
    SHARES

  • ओलीविरुद्ध आपतकालीन बैठक बोलाउने प्रचण्ड पक्षको तयारी, नेकपामा खैलाबैला

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको नेकपा स्थायी कमिटी बैठकमा संवैधानिक परिषद् सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता लिने वचन दिएपनि अहिले आनाकानी गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले पार्टीको आपतकालीन बैठक बोलाउनेसम्मको तयारी गरेको छ ।

    अध्यादेश जारी गर्दा फटाफट हुने गरेपनि फिर्ता गर्नुपर्ने विषयमा ओलीले आनाकानी गरिरहेका छन् । बिहीबार बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको भेटमा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि मात्रै अध्यादेश फिर्ता लिने अडान लिएका छन् ।

    बिहीबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश फिर्ता लिने निर्णय नभए ओलीविरुद्ध पार्टीको आपतकालीन बैठक बोलाएर कडा निर्णय लिनेसम्मको तयारी रहेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय एक नेताले बताए । प्रचण्ड–नेपाल पक्षीय नेताहरू एक ठाउँमा जुटेर ओलीको मनपरीविरुद्ध रणनीति बनाइरहेका छन् ।

    हिजो पुस १ गतेको स्थायी कमिटी बैठकले अर्काे बैठक पुस ५ गते बस्ने निर्णय गरेपनि ओलीले तत्कालै अध्यादेश फिर्ता नलिए आपतकालीन बैठक बस्नसक्ने ती नेताले बताए । ओलीले अध्यादेश फिर्ता लिन ढिलाइ गर्दा नेकपा फुटको संघारमा पुग्ने देखिएको छ ।

    बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर फर्किएपछि खुमलटारमा आफू निकटका नेतासँग छलफल गर्दै प्रचण्डले ओलीको पछिल्लो अडानबारे जानकारी गराएका छन् । प्रधानमन्त्रीले अहिले पनि अध्यादेश फिर्ता लिन आनाकानी गरिरहेको प्रचण्डले जनाएका छन् ।

    ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नभेट्दासम्म संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नलिने अडान लिएका छन् । बुधबारको नेकपा स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने वचन दिएपनि ओलीले बिहीबार साँझसम्म अध्यादेश फिर्ता लिएका छैनन् । 

    विवादास्पद अध्यादेश फिर्ता नलिई आज बिहीबार साँझ ५ बजे संवैधानिक परिषद्को बैठक आह्वान गरिएपछि आक्रोशित बनेका प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रचण्ड बालुवाटार पुगेपछि ओलीले बैठक स्थगित गरेका छन् तर अध्यादेश फिर्ता लिएका छैनन् ।

    अध्यक्ष प्रचण्डले बिहीबारै साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन भनेका थिए । तर ओलीले एकपटक राष्ट्रपतिलाई भेटेपछि मात्रै फिर्ता लिने जनाएका छन् ।

    ओलीले अध्यादेश सिफारिस गरेर राष्ट्रपति भण्डारीले फटाफट जारी गर्ने भएपनि फिर्ता लिने प्रक्रियामा भने ढिलाइ गरिरहेका छन् । अध्यादेश फिर्ता लिन मन्त्रिपरिषद् बैठकपछि राष्ट्रपतिबाट अध्यादेश फिर्ताको औपचारिक निर्णय गर्नुपर्ने प्रावधान रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend