काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य तथा सांसद भीम रावललाई फोन गरेर थर्काएका छन् ।
प्रधानमन्त्री ओलीले भीम रावललाई फोन गरेर कसको इजाजत लिएर शीतलनिवास गएको भन्दै थर्काएका हुन् । बुधबार दिउँसो संसदको विशेष अधिवेशन माग गर्दै नेता रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए ।
प्रधानमन्त्री ओलीले थर्काएपछि सांसद भीम रावलले खतरनाक जवाफ दिएका छन् । नेता रावलले शितलनिवास जान कसैको इजाजत लिइराख्नु नपर्ने र संसद अधिवेशन बोलाउनको माग गर्न पाउने आफ्नो अधिकार रहेको ठाडो जवाफ दिएका छन् । ओलीले संसदीय दलको नेताको रूपमा नेता रावललाई प्रश्न गरेका थिए ।
बुधवार दिउँसो भीम रावल र पम्फा भुसाल संसदको विशेष अधिवेशनको माग गर्दै ८३ जना सांसदहरूको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गराउन पुगेका थिए । तर राष्ट्रपति कार्यालयका सचिव सम्पर्कमा नआएपछि निवेदन दर्ता हुन सकेन । यति नै बेला बालुवाटारमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शितलनिवास पुगेको पत्र फिर्ता लिने सहमति भएपछि रावल र भुसाल घर फर्किएका थिए ।
सांसदहरू रावल र भुसाल संसद अधिवेशनको माग गर्ने पत्र बोकेर शीतल निवास पुगेपछि बालुवाटारमा हल्लीखल्ली मच्चिएको थियो । ओली पक्षीय नेताहरू शंकर पोखरेल, सुवास नेम्बाङ, प्रदीप ज्ञवाली र राजन भट्टराई लगायतका नेताहरू सरकार ढल्ने र पार्टी सकिने निष्कर्षमा पुगेर तनावमा परेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।