शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

संसद् सुचारु भए आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने ओलीलाई डर, सभामुखलाई दिए दबाब

संसद् सुचारु भए आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने ओलीलाई डर, सभामुखलाई दिए दबाब

  • मिडिया डबली
  • सोमवार, मंसिर २९ २०७७

  • 5.9K
    SHARES

  • संसद् सुचारु भए आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने ओलीलाई डर, सभामुखलाई दिए दबाब

    काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले संसद् बोलाउने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी ओली तनावमा परेका छन् । 

    संसद् अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनै पर्ने संवैधानिक बाध्यता छ । सोही कारण पुस १८ गतेभित्र संसद्को हिउँदे अधिवेशन बोलाउने गृहकार्यमा सभामुख लागेपछि बालुवाटारमा छटपटी बढेको छ । आफू अनुकूल सभामुख नहुँदा उनी संसदमा समेत अप्ठयारो अवस्थामा पुगेका हुन् ।

    सभामुख संसद् अधिवेशन बोलाउन चाहने र प्रधानमन्त्री ओली पछि टार्ने लफडा सुरु हुने भएको छ । पार्टीमा सचिवालय, स्थायी कमिटी बैठकमा एक्लो परेका ओलीलाई नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिने सभामुख सापकोटाले संसदमा तनाव दिने संकेत देखिएको छ ।

    संसद् बन्द गर्दा सरकारप्रति सांसदले आलोचना गर्न पाएका छैनन् । त्यसैले सरकार ढुक्क थियो । तर, अब संसद् सुरु भएमा विपक्षी दलका मात्र होइन, आफ्नै दलका सांसदले पनि सरकारको आलोचना गर्ने मात्र होइन, संसद्मै राजीनामा माग्न सक्ने डर ओलीमा देखिएको छ । 

    त्यसैले अहिले द्वन्द्वकालीन मुद्दाको डर बालुवाटारले देखाउन थालेको छ । यसको संकेत परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीमार्फत सार्वजनिक गरिसकिएको छ । उनले द्वन्द्वकालीन मुद्दाका अभियुक्तलाई आममाफी नदिइने, मुद्दा चलाएर कारबाही गर्ने चेतावनी दिएका छन् । सभामुख सापकोटाविरुद्ध हत्या अभियोग अदालतमा विचाराधीन छ ।

    आइतबार १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भएअनुसार पुस १८ गतेभित्र संसद अधिवेशन आव्हान हुने स्पष्ट पारेका थिए । उनले भने, ‘हामी विधेयक अधिवेशनको तयारी गर्दैछौं । अब पुस १७–१८ गते बेलाउनै पर्ने संवैधानिक बाध्यता छ । त्यो माथि अलि नयाँ ढंगले चलाउनुपर्छ । म आग्रह गर्न चाहन्छु कि हामीले संविधान क्रमभंग गरेरै बोलाउनुपर्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend