आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेकपामा अर्काे काण्ड ! केपी ओलीको यो हर्कतमाथि भीम रावलको गम्भीर प्रश्न

नेकपामा अर्काे काण्ड ! केपी ओलीको यो हर्कतमाथि भीम रावलको गम्भीर प्रश्न

  • मिडिया डबली
  • आइतवार, मंसिर २८ २०७७

  • 10.2K
    SHARES

  • नेकपामा अर्काे काण्ड ! केपी ओलीको यो हर्कतमाथि भीम रावलको गम्भीर प्रश्न

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले विधि र पद्धति विपरीत काम गर्ने गरेको भन्दै नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भीम रावलले पटक–पटक दाबी गर्दै आएका छन् ।

    नेता रावलले त्यस्तै दाबी फेरि गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुखलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्वागत गरिएको विषयमा नेता रावलले प्रश्न गरेका छन् ।

    उनले ट्विटरमा लेखेका छन्, ‘आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिई भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्तिसरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले वालुवाटारमा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना हो । देश, पार्टी र पदको गरिमाको रक्षा होस् ।’

    नेता रावलले प्रधानमन्त्री ओलीका विवादित क्रियाकलापमा स्पष्ट धारणा व्यक्त गर्ने गरेका छन् । रावलले गलत क्रियाकलापको खुलेरै विरोध गर्दै आएका छन् । नेकपा विवादमा अनेक काण्ड जन्मिने गरेकोमा फेरि भाजपा विदेश विभाग प्रमुखको भ्रमण काण्ड पनि थपिने भएको छ । यसअघि भारतीय गुप्तचर संस्था रअ प्रमुखको भ्रमण काण्ड चर्चामा आइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend