काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेला सरकारी स्वामित्वको नेपाल आयल निगमले जनतालाई आर्थिक भार थपिने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
शनिवार मध्यराति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मटितेलमा २ रुपैयाँले मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जानकारी दिएको छ । १ डिसेम्बरमा आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार इन्धनको भार बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमको दाबी छ ।
तर नियमले पहिल्यैदेखि अन्तर्राष्ट्रिय बजारको भन्दा चर्काे मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा धेरै मूल्य घट्दा पनि पर्याप्त मूल्य नघटाउने नियमले मूल्य बढ्दा चाहिँ बढाउने गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।