काठमाडौं - मुलुकमा झन्डै दुई तिहाइको कम्युनिस्ट सरकार छ । केपी ओली प्रधानमन्त्री छन् । तर, बहुमतको ओली सरकार आफ्नै पार्टीका नेताका कारण जनतासामु मुख देखाउनै नसक्ने अवस्थामा पुगिसकेको छ ।
कहिले सभामुख कृष्णबहादुर महरा रोशनी काण्डमा मुछिएर पद गुमाउनु परेको छ । कानुनमन्त्री शेरबहादुर तामाङले नेपाली छात्राको चरित्रहत्या गर्ने शब्द बोलेपछि मन्त्री पदबाटै राजीनामा दिनुपरेको थियो ।
यस्तै, सञ्चारमन्त्री भएका बेला सेक्युरिटी प्रेस खरिदमा ७० करोडको बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएपछि मन्त्री पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका थिए ।
अहिले फेरि नारायणकाजी श्रेष्ठ विवादमा तानिएका छन् । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पूर्वराजदूत कमानसिंह लामाले नारायणकाजी श्रेष्ठ र उनकी स्वकीय सचिव सुसन कर्माचार्यकै कारण आफ्नो घर भाँडिएको र सेयरको दुई करोड खाइदिएको आरोप लगाएपछि नेकपामा अर्को काण्ड चर्किएको छ ।
लामाको अडियो, भिडियो र फेसबुकमा स्टाटस आएपछि नारायणकाजी श्रेष्ठ पनि पदबाट राजीनामा दिनुपर्ने अवस्थामा पुगेका छन् । उनी राष्ट्रिय सभा सदस्य तथा नेकपाका प्रवक्तासमेत हुन् ।
नेकपामा एकले अर्कोलाई सिध्याउने, खुइल्याउने र निर्वस्त्र पार्ने नाममा सबका सबको सामान्य असमझदारीदेखि गुप्त लेनदेन जस्ता अपराध बाहिरिँदैछ ।
महरा रोशनी काण्ड, गोकुल बास्कोटाको सत्तरी करोडको अडियो प्रकरण र अहिले नारायणकाजीबारे आन्तरिक भण्डाफोर र एकअर्कालाई नांगै बनाउने नीतिको शृङ्खला हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।