शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले दिए यस्ताे चेतावनी !

प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले दिए यस्ताे चेतावनी !

  • मिडिया डबली
  • सोमवार, मंसिर २२ २०७७

  • 19.0K
    SHARES

  • प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले दिए यस्ताे चेतावनी !

    काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओली हिजोको नेकपाको स्थायी कमिटी बैठकमा गएनन् । उनले विविध कारण देखाउँदै बैठकमा सहभागी नभएको पत्र पठाएका छन् । बैठकमा नगएपनि पत्र पठाएपछि उनी सहभागी भए बराबर भइहाल्यो। उनी नैतिक रुपमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँग हारेको पनि बताइएको छ।

    तर, भौतिक रुपमा ओली अनुपस्थित हुनु र पार्टी बैठक आयोजना गर्न नमान्नुको खास कारण अर्काे पनि रहेछ। एक त हिजो बैठक बसेको क्षेत्र ओलीले नै असुरक्षित रहेको बताएका थिए। अर्काे चिकित्सकहरुले ओलीलाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएका छन्।

    ओलीलाई चिकित्सकहरुले भीडभाड भएको ठाउँमा नजान र मानिसहरुलाई अत्यावश्यकबाहेकको अवस्थामा नभेट्न सुझाव दिएका छन् । कोरोना भाइरसको संक्रमण फैलिइरहँदा ओलीलाई त्यसप्रति चिकित्सकहरुले बारम्बार सचेत गराएको निकट स्रोतले जनाएको छ ।

    उनकी पत्नी राधिका शाक्यलाई पनि चिकित्सकले यसबारे ख्याल गर्न सचेत गराएको बुझिएको छ । चिकित्सकहरुको सुझाव अनुसार ओली विगत आठ महिनायता सिंहदरबार गएका छैनन् । उनी भीडभाडमा पनि कमै पुगेका छन् । पार्टी बैठक पनि कमै डाकेका छन् ।

    डाक्नैपरे बालुवाटारमा स्वास्थ्य सुरक्षा अपनाउन लगाएर आयोजना गरेका छन् । बालुवाटारको बैठकमा सचिवालय सदस्यहरु पुग्दा अनिवार्य मास्क, स्यानिटाइजर देखि खुट्टामा समेत जुत्ता छोप्न लगाइने गरिएको छ । ओली निकै टाढा बसेर बैठकको अध्यक्षता गर्दै आएका छन् । मन्त्रिपरिषदको बैठक पनि बालुवाटारमा बस्दै आएको छ । बैठकमा पनि ओली मन्त्रीहरुभन्दा निकै टाढा बस्ने गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend