आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ओली सरकारविरुद्ध अब सशक्त आन्दोलन नै चाहियो : कांग्रेस नेता नविन्द्रराज जोशी

ओली सरकारविरुद्ध अब सशक्त आन्दोलन नै चाहियो : कांग्रेस नेता नविन्द्रराज जोशी

  • मिडिया डबली
  • बिहिवार, मंसिर १८ २०७७

  • 6.4K
    SHARES

  • ओली सरकारविरुद्ध अब सशक्त आन्दोलन नै चाहियो : कांग्रेस नेता नविन्द्रराज जोशी

     काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले पार्टी अब सशक्त आन्दोलनमा जानुपर्ने बताएका छन् । नेपाली लोकतान्त्रिक समाजवादी आन्दोलनका धरोहर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा सरकारद्वारा गरिएको हस्तक्षेप र आक्रमणको निन्दा गर्दै उनले अब कांग्रेस यो सरकारविरुद्ध सशक्त आन्दोलनमा जानुको विकल्प नभएको बताएका हुन् ।

    प्रेस वक्तव्य जारी गर्दै नेता जोशीले भनेका छन्, ‘यो सरकारको यो प्रवृत्ति विकासका विरुद्धमा र लोकतन्त्रको खिलाफमा सर्वसत्तावादतिर उन्मुख छ । नेपाली जनताले लोकतन्त्रका निम्ति लामो लडाइँ लडेको यो सरकारलाई स्मरण गराउँदछु । लोकतान्त्रिक व्यवस्थामाथि कहीँकतै आँच आउने कार्य नेपाली जनतालाई सह्य हुनेछैन ।’

    केन्द्रीय सदस्य जोशीले ‘कम्युनिस्ट हुँ भनी लोकतान्त्रिक संविधानका खिलाफमा भ्रष्टाचारको चुरोमा अलोकतान्त्रिक व्यवहार र अभ्यासका विरुद्धमा आमनागरिकप्रति गरिएको बेवास्तालाई जनताले टुलुटुलु हेरी बस्ने छैनन् ।’ भनी चेतावनी दिएका छन् । नेता जोशीले कांग्रेसका सबै नेता तथा कार्यकर्ता, सुभेच्छुक लगायतमा लोकतन्त्र ,संविधान र आम नागरिकको हित र कल्याणका लागि कांग्रेस सशक्त रुपमा आन्दोलनमा उभिन पनि आग्रह गरेका छन् ।

    उनले विज्ञप्तिमा भनेका छन्, ‘तानाशाही पञ्चायती व्यवस्थाको समाप्ति ,लोकतान्त्रिक सङ्घीय गणतन्त्रको स्थापना जनताको ठूलो बलिदानबाट सम्भव भएको छ । संविधानसभा मार्फत् संविधान प्राप्त भएको छ । यो सत्यलाई नकार्ने यो सरकारलाई समयमा नै लोकतान्त्रिक मार्गमा ल्याउँदै लोकतन्त्रिक मार्गमा ल्याउन र लोकतन्त्रको मुलभूत मर्मलाई अपहरण गर्न खोज्ने तत्वलाई पराजित गर्नु हाम्रो दायित्व हो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १५ २०७७०४:१८:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend